NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख २७ गते

हातमा नांगो खुकुरी बोकेर विवादस्पद अभिव्यक्ति दिएका श्रीनिवासविरुद्ध मुद्दा दर्ता

काठमाडौं । आचार्य श्रीनिवासमाथि सार्वजनिक शान्तिविरूद्धको कसुरमा मुद्दा दर्ता भएको छ ।

जिल्ला प्रशासन कार्यालय धनुषाले उनिमाथि मुद्दा दर्ता गरेर अदालतबाट तीन दिनको म्याद थप गराएर अनुसन्धान सुरू गरेको जिल्ला प्रहरी कार्यालय धनुषाका प्रवक्ता डीएसपी रञ्जन अवाले जानकारी दिए ।

हिन्दु धर्मगुरु आचार्य श्रीनिवासलाई घृणा फैलाउने र भड्काउने अभिव्यक्ति दिएको आरोपमा प्रहरीले मंगलबार पक्राउ गरेको थियो ।

उनलाई सुनसरीको बराहक्षेत्र नगरपालिकाको चक्रघट्टीस्थित आश्रमबाट सुनसरी प्रहरीको सहयोगमा पक्राउ गरेर कन्द्रीय अनुसन्धान ब्युरोले बुधबार साँझ धनुषा पु¥याएको हो ।

उनले असोज १२ गते जनकपुरधाममा भएको विरोध कार्यक्रममा हिंसात्मक अभिव्यक्ति दिएका थिए । उनले जनकपुरमा हातमा नांगो खुकुरी बोकेर धार्मिक तथा साम्प्रदायिक घृणा फैलाउने गरी विवादस्पद अभिव्यक्ति दिएको भिडियो सामाजिक सञ्जालमा भाइरल भएको छ ।