विश्व कप क्रिकेटः इङ्ल्यान्डले न्युजल्यान्डलाई दियो २ सय ८३ रनको लक्ष्य
काठमाडौं । एक दिवसिय विश्वकप क्रिकेट अन्तर्गत भएको उद्घाटन खेलमा इङ्ल्यान्डले न्युजल्यान्डलाई जितका लागि २ सय ८३ रनको लक्ष्य प्रश्तुत गरेको छ ।
नरेन्द्र मोदी क्रिकेट स्टेडिय अहम्दाबादमा न्युजल्यान्डले टर जितेर बलिङ रोजेको थियो । इङ्ल्यान्डले निर्धारित ५० ओभर खेल्दै ९ विकेटको क्षतिमा २ सय ८२ रन बनाएको हो ।
आजको खेलमा शीर्षक्रमका ब्याटर जो रुटले अर्धशतक बनाउन सफल भए । रुटले ८६ बलमा ४ चौका र १ छक्कासहित सर्वाधिक ७७ रनको योगदान दिए ।
कप्तान जस बटलर ४२ बलमा २ चौका र २ छक्कासहित ४३ रनमा आउट भए । ओपनर जोनी बेयरस्टो ३५ बलमा ४ चौका र १ छक्कासहित ३३ रन बनाउँदै आउट भए ।
अर्का ओपनर डेविड मलान १४, ह्यारी क्रुक २५, मोईन अली ११, लियाम लिभिङस्टोन २०, साम करन १४ र क्रिस वोक्स ११ रनमा आउट भए । आदिल राशिद १५ र मार्क वुड १३ रनमा नटआउट रहे ।
न्युजिल्यान्डका तीव्र गतिका बलर म्याट हेनरीले १० ओभरमा ४८ रन खर्चेर ३ विकेट लिए । स्पिनर मिचेल सान्टनारले १० ओभरमा ३७ रन खर्चेर २ विकेट लिए ।
ट्रेन्ट बोल्टले १० ओभरमा १ मेडनसहित ४८ रन खर्चेर १ विकेट लिए । ग्लेन फिलिप्सले ३ ओभरमा १७ रन खर्चेर २ विकेट लिए ।
ताजा अपडेट
-
नयाँ बसपार्कसहित उपत्यकाका विभिन्न नाकामा यात्रुको चाप बढ्यो
-
सरकारकै तर्फबाट विन्ध्यवासिनीमा विधिपूर्वक भित्राइयो फूलपाती
-
कांग्रेस महाधिवेशनमा गगन थापालाई सर्वाधिक मत, टप टेनमा को–को परे ?
-
दसैँमा अस्पतालका आकस्मिक र शल्यक्रिया सेवा नियमित राख्न निर्देशन
-
दसैँ मनाउनुहोस्, तर मुटु जोगाउनुहोस्ः वरिष्ठ मुटुरोग विशेषज्ञ डा लम्साल


प्रतिक्रिया