क्रिकेटर दीपेन्द्र सिंह ऐरी नेपाल प्रहरीको हवल्दारमा बढुवा

काठमाडौं । १९औं एशियन गेम्समा टी–२० क्रिकेटतर्फ विश्व रेकर्ड कायम गर्न सफल भएका नेपाल पुलिस क्लव क्रिकेट टीमका कप्तान दिपेन्द्र सिंह ऐरी प्रहरी सहायक हवल्दारमा बढुवा भएका छन् । नेपाल प्रहरीले उनलाई बिहीबार बिशेष बढुवा गरेको हो ।
प्रहरी महानिरीक्षक बसन्त बहादुर कुँवरको अध्यक्षतामा बसेको नीति निर्माण समिति (पिसिसि) बैठकले उनको बढुवा गरेको हो । बैठकको निर्णयमा निर्णयमा भनिएको छ, ‘१९औं एशियन गेम्समा विश्व कीर्तिमान रचि देश र संगठनको प्रतिष्ठा र गौरव अभिवृद्धि गर्ने कार्यमा उल्लेखनीय योगदान पुर्यानएको हुँदा नेपाल किक्रेट टिमका सदस्य प्रहरी जवान दिपेन्द्र सिंह ऐरीलाई विशेष बढुवा प्रदान गरी प्रहरी सहायक हवल्दार पदमा बढुवा गर्ने निर्णय गरिएको छ ।’
प्रहरी महानिरीक्षक कुँवरले अन्तर्राष्ट्रिय खेलमा सहभागी भई उत्कृष्ट खेल प्रदर्शन गरी विश्व कीर्तिमान कायम गर्न समेत सफल भएकोमा बधाई दिँदै सिंगो मुलुक तथा नेपाल प्रहरी संगठनको गरिमा उच्च पार्न निर्वाह गरेको अतुलनीय भूमिका र पुर्याेएको योगदानको उच्च मूल्याङ्कन गर्दै एक तह बढुवा दिने निर्णय भएको बताए ।
प्रतिक्रिया