आचार्य श्रीनिवास रिहा

काठमाडौं । सामाजिक सद्भाव बिथोल्ने उत्तेजक अभिव्यक्ति दिएपछि पक्राउ परेका कथित धर्मगुरु आचार्य श्रीनिवास रिहा भएका छन् ।
जिल्ला प्रहरी कार्यालय, धनुषाले बिहीबार ५०० रूपैयाँ जरिवाना गराएर उनलाई रिहा गरेको हो ।
जिल्ला प्रहरी कार्यालय धनुषाले सार्वजनिक शान्तिविरुद्धको कसुरमा उनलाई ५०० रूपैयाँ जरिवाना तिराएर छाडिएको जनाएको छ ।
प्रहरीका अनुसार, उनले आवेशमा आएर उत्तेजक अभिव्यक्ति दिन पुगेको स्वीकार गरेका छन् ।
कथित धर्मगुरु आचार्य श्रीनिवासले यही असोज १२ गते जनकपुरधाममा आयोजित विरोध कार्यक्रममा हिंसात्मक अभिव्यक्ति दिएपछि प्रहरीले नियन्त्रणमा लिएको थियो ।
प्रतिक्रिया