आचार्य श्रीनिवास रिहा
काठमाडौं । सामाजिक सद्भाव बिथोल्ने उत्तेजक अभिव्यक्ति दिएपछि पक्राउ परेका कथित धर्मगुरु आचार्य श्रीनिवास रिहा भएका छन् ।
जिल्ला प्रहरी कार्यालय, धनुषाले बिहीबार ५०० रूपैयाँ जरिवाना गराएर उनलाई रिहा गरेको हो ।
जिल्ला प्रहरी कार्यालय धनुषाले सार्वजनिक शान्तिविरुद्धको कसुरमा उनलाई ५०० रूपैयाँ जरिवाना तिराएर छाडिएको जनाएको छ ।
प्रहरीका अनुसार, उनले आवेशमा आएर उत्तेजक अभिव्यक्ति दिन पुगेको स्वीकार गरेका छन् ।
कथित धर्मगुरु आचार्य श्रीनिवासले यही असोज १२ गते जनकपुरधाममा आयोजित विरोध कार्यक्रममा हिंसात्मक अभिव्यक्ति दिएपछि प्रहरीले नियन्त्रणमा लिएको थियो ।
ताजा अपडेट
-
नेपालले जित्यो एसियन गेम्स क्रिकेट छनोटको उपाधि
-
वीरगन्जका मेयर राजेशमान सिंहसहित पाँच जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर
-
चरम आर्थिक संकटमा उदयपुर सिमेन्ट उद्योग
-
विद्युत् महुसुल बक्यौता तत्काल उठाउन ऊर्जामन्त्रीको निर्देशन
-
‘इरानलाई आणविक हतियारबाट रोक्न कारबाही आवश्यक थियो’ : राष्ट्रपति ट्रम्प


प्रतिक्रिया