आजदेखि २० रुपैयाँको नयाँ नोट प्रचलनमा ल्याउँदै राष्ट्र बैंक
काठमाडौं । नेपाल राष्ट्र बैंकले आज शुक्रबारदेखि २० रुपैयाँ दरको नयाँ नोट प्रचलनमा ल्याउने भएको छ ।
आज सूचना जारी गर्दै साविककै आकार तथा रंगमा बैंकले २० रुपैयाँ दरको नयाँ नोट प्रचलन ल्याउने जानकारी दिएको हो ।
बैंकले जारी गरेको सूचना अनुसार संकेत नम्बर ठ८७ ०००००१ देखि त १८ ९९९९९९ सम्मका नोट बजारमा पठाउन लागेको हो । ‘नेपाल सरकारको जमानत प्राप्त यसको रुपैयाँ भुक्तानी माग्न आएमा नेपाल राष्ट्र बैंकबाट रुपैयाँ २० तुरुन्त पाइने छ’ भन्ने प्रतिक्षमूलक वाक्यांशसहित नोट चलनचल्तीमा ल्याउन लागिएको हो ।
नोटको बायाँतर्फ सगरमाथाको चित्र तथा दायाँतर्फ लालीगुरासँसको छाप पनि रहेको राष्ट्र बैंकको सूचनामा उल्लेख छ ।
यस्तै गभर्नरको दस्तखत रहेको स्थानमा गभर्नर महाप्रसाद अधिकारीको दस्तखत रहेको छ भने नोटको तल्लो भागको बोर्डरमा नोटको सिरियल नम्बर नेपालीमा ‘२०७९’ लेखिएको छ ।

ताजा अपडेट
-
नवरात्रको नवौँ दिन: शक्तिपीठमा भक्तजनको घुइँचो
-
मासु खाँदा हड्डी अड्किए के गर्ने, के नगर्ने ?
-
गेटामा एमबीबीएस सञ्चालनको अनुमति खारेज गर्न डा. केसीको माग, एक साताको अल्टिमेटम
-
सशस्त्र प्रहरीद्वारा दशैँको अवसरमा काठमाडौँ उपत्यकामा निःशुल्क बस सेवा सञ्चालन
-
एनटी फाइबरको सस्तो इन्टरनेट प्याकेजमा आकर्षण, ग्राहकले अब अनलाइनबाट पनि सेवा लिन सक्ने


प्रतिक्रिया