बंगलादेशविरुद्ध ९ विकेटको जित निकाल्दै भारत एसियन गेम्स किक्रेटको फाइनलमा

काठमाडौं । १९औँ एसियन गेम्स अन्तर्गत पुरूष क्रिकेटमा भारत फाइनल प्रवेश गरेको छ।
शुक्रबार बिहान हाङझाउमा भएको बंगलादेशविरुद्धको खेलमा भारतले ९ विकेटको जित निकालेको हो ।
बंगलादेशले २० ओभरमा ९ विकेट गुमाएर ९६ रनमात्र जोड्न सफल भयो । टस जितेर फिल्डिङ रोजेको भारतले जवाफी ब्याटिङमा उक्त लक्ष्य ९.२ ओभरमै भेट्टाएको हो । भारतले १ विकेट गुमाउँदै ९७ रन बनायो।
भारतका लागि कप्तान रितुराज गायकवाडले ४० र तिलक बर्माले ५५ रन बनाए। यसअघि क्वार्टरफाइनलमा भारतले नेपाललाई २३ रनले हराएको थियो।
प्रतिक्रिया