आज सुनको मूल्य स्थिर, चाँदीको मूल्य कति ?

काठमाडौं । नेपाली बजारमा आज सुनको मूल्य स्थिर छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बिहीबारकै सुनको मूल्य आज पनि कायम भएको छ । जसअनुसार, आज छापावाल सुनको मूल्य प्रतितोला १ लाख ७ हजार ३०० सय कायम भएको छ भने तेजावी सुनको मूल्य १ लाख ६ हजार ८०० प्रतितोला पुगेको छ । सुनको यही मूल्य हिजो पनि कायम थियो ।
आज नेपाली बजारमा चाँदीको मूल्य भने बढेको छ । आज चाँदीको मूल्य तोलामै एक सय ८७ ले बढेको हो । जसअनुसार आज चाँदी प्रतितोला १३ सय १० रुपैयाँमा कारोबार भएको छ । बिहीबार चाँदी प्रतितोला एघार सय २३ मा कारोबार भएको थियो ।
प्रतिक्रिया