NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख २१ गते

राष्ट्रपतिद्वारा जितिया पर्वको शुभकामना, सामाजिक एकतामा योगदान गर्ने विश्वास

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेल, उपराष्ट्रपति रामसहायप्रसाद यादव, प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले जितिया पर्वका अवसरमा सम्पूर्ण नेपालीमा सुख, शान्ति र समृद्धिका शुभकामना व्यक्त गरेका छन् ।

राष्ट्रपति, उपराष्ट्रपति र प्रधानमन्त्रीले आज बेग्लाबेग्लै शुभकामना सन्देश जारी गरी जितियाजस्ता मौलिक पर्वले सामाजिक एकता र सद्भाव प्रवर्द्धननमा योगदान गर्ने विश्वास व्यक्त गरेका छन् ।

बहुजातीय, बहुभाषिक, बहुधार्मिक एवं बहुसांस्कृतिक विविधतायुक्त विशेषताले भरिपूर्ण नेपालमा जितियाजस्ता मौलिक चाडपर्वले बेग्लै पहिचान स्थापित गर्दै आएको बताउँदै राष्ट्रपति पौडेलले शुभकामना सन्देशमा यस्ता मौलिक चाडपर्वका माध्यमबाट नेपाली समाजमा आपसी सम्मान, सद्भाव र सहिष्णुताको भावना जागृत गर्दै नेपालको विविधतालाई संरक्षण गरेको आफूले महसुस गरेको उल्लेख गरे ।

नेपाली मौलिक सांस्कृतिक सम्पदाको सम्वर्द्धनन गर्दै संस्कारयुक्त आदर्श सामाजिक वातावरण सिर्जना गर्न र सदाचार जीवनशैली अपनाउनका लागि यस्ता चाडपर्वहरूको गरिमालाई सम्मानजनक बनाई निरन्तरता दिनु आवश्यक भएको राष्ट्रपतिले सन्देशमा उल्लेख गरेका छन् ।

“प्रकृति पूजामा आधारित यस पर्वले सबैमा सुख, शान्ति र समृद्धि ल्याई आपसी सद्भाव र सहिष्णुता कायम गर्न सफलता मिलोस् भन्ने कामना गर्दछु”, सन्देशमा राष्ट्रपतिले भनेका छन् ।

जितिया पर्व विशेष गरी नेपालको तराई क्षेत्रमा बसोबास गर्ने थारू तथा मधेसी समुदायका महिलाद्वारा आफ्ना सन्तानको दीर्घायु, सुस्वास्थ्य, सफलता एवं पारिवारिक सुख–शान्तिका लागि भगवान् जिमुतवाहनको पूजा आराधना गर्दै उत्साहका साथ मनाइने पर्व हो । यस पर्वमा थारू तथा मधेसी महिला कठोर उपवास बस्ने गर्दछन् ।

यसै अवसरमा दिएको सन्दशेमा उपराष्ट्रपति यादवले तराई–मधेसका आदिवासी, रैथाने समुदाय/जातजातिले आआफ्नो परम्परा, रीतिरिवाज र संस्कृतिअनुसार एकीकृत भई संयुक्त र सामूहिकरुपमा मनाउनाले हाम्रो विविधतायुक्त संस्कृति र पहिचानलाई अक्षुण्ण राख्न सहयोग गरेको बताएका छन् । उनले जितियाजस्ता पर्वले नेपालीबीचको एकतालाई बढावा दिने सन्देशमा उल्लेख गरेका छन् ।

ताजा अपडेट

नेपालवाच विशेष