आयुष र अलिजेहलाई बधाई दिँदै ओलीले भने ‘मायाले जाति, धर्म, सम्प्रदायमा समानता खोज्न सिकाउँछ’
काठमाडौं । पूर्व प्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेपाली टिकटकर आयुषसिंह ठकुरी र पाकिस्तानी टिकटकर अलिजेह जमालीलाई ‘इन्गेजमेन्ट’ बधाई दिएका छन् ।
आयुषले शुक्रबार दुबईमा परिवारका सदस्यबीच प्रेमिका अलिजेहसँग इन्गेजमेन्ट गरेका हुन् । उनीहरु दुबैले इन्गेजमेन्टको जानकारी पनि टिकटकबाटै गराएका थिए ।
सोही अवसरमा बधाई दिँदै अध्यक्ष ओलीले मायाले जातिको, धर्मको, देशको सीमाको पर्खाल पनि नाघेर उचाइ लिने बताएका छन् । उनले सामाजिक सञ्जालमा लेखेका छन्, ‘मायाले जातिको, धर्मको, देशको सीमाको पर्खाल पनि नाघेर उचाइ लिन्छ। यसले जाति, धर्म, सम्प्रदायमा भिन्नता होइन समानता खोज्न सिकाउँछ। उनीहरूलाई बधाई छ।’
ओलीले आयुष र अलिजेहको टिकटक आफूले पनि हेर्ने गरेको उल्लेख गरेका छन् ।
आयुष र अलिजेह टिकटक लाइभबाट जोडिएका हुन् । बुर्काले अनुहार छोपेर लाइभमा आउने जमाली र आयुष केहि समयदेखि प्रेममा थिए ।
अलिजेहलाई टिकटकमा १५ लाखले फलो गरेका छन् भने आयुषलाई झण्डै ८ लाखले फलो गरेका छन् ।
ताजा अपडेट
-
कोप-३१ मा नेपालको प्राथमिकता: जलवायु न्याय, अनुकूलन र हानि-नोक्सानी
-
वर्षमा एक दिन खुल्ने तलेजु भवानी मन्दिर भोलि सर्वसाधारणका लागि खुला
-
ओमानलाई हराउँदै नेपालले जोगायो ओडीआई मान्यता
-
चाडपर्व लक्षित सीमा सुरक्षामा सशस्त्र प्रहरीको सक्रियता, सुनसरीमा गस्ती तथा निगरानी तीव्र
-
एनपीएलमा एक्स्ट्रीमको रौनक, सात टिमको स्पेशल क्यान सबैको हातमा


प्रतिक्रिया