आयुष र अलिजेहलाई बधाई दिँदै ओलीले भने ‘मायाले जाति, धर्म, सम्प्रदायमा समानता खोज्न सिकाउँछ’
काठमाडौं । पूर्व प्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेपाली टिकटकर आयुषसिंह ठकुरी र पाकिस्तानी टिकटकर अलिजेह जमालीलाई ‘इन्गेजमेन्ट’ बधाई दिएका छन् ।
आयुषले शुक्रबार दुबईमा परिवारका सदस्यबीच प्रेमिका अलिजेहसँग इन्गेजमेन्ट गरेका हुन् । उनीहरु दुबैले इन्गेजमेन्टको जानकारी पनि टिकटकबाटै गराएका थिए ।
सोही अवसरमा बधाई दिँदै अध्यक्ष ओलीले मायाले जातिको, धर्मको, देशको सीमाको पर्खाल पनि नाघेर उचाइ लिने बताएका छन् । उनले सामाजिक सञ्जालमा लेखेका छन्, ‘मायाले जातिको, धर्मको, देशको सीमाको पर्खाल पनि नाघेर उचाइ लिन्छ। यसले जाति, धर्म, सम्प्रदायमा भिन्नता होइन समानता खोज्न सिकाउँछ। उनीहरूलाई बधाई छ।’
ओलीले आयुष र अलिजेहको टिकटक आफूले पनि हेर्ने गरेको उल्लेख गरेका छन् ।
आयुष र अलिजेह टिकटक लाइभबाट जोडिएका हुन् । बुर्काले अनुहार छोपेर लाइभमा आउने जमाली र आयुष केहि समयदेखि प्रेममा थिए ।
अलिजेहलाई टिकटकमा १५ लाखले फलो गरेका छन् भने आयुषलाई झण्डै ८ लाखले फलो गरेका छन् ।
ताजा अपडेट
-
बाढीपछि पर्यटन क्षेत्रको पुनरुत्थानका लागि सरकार र निजी क्षेत्रबीच सहकार्य
-
संयुक्त राष्ट्रसङ्घले नेपाललाई चार करोड ९६ लाख अमेरिकी डलर सहयोग गर्ने
-
रसुवा बाढी : १२ सय ९५ शव फेला, झन्डै पाँच हजार अझै बेपत्ता
-
जनकपुरका राजगुठीअन्तर्गतका पोखरी अतिक्रमण हटाउने दोस्रो चरणको प्रक्रिया शुरु, ७ दिने सार्वजनिक सूचना जारी
-
श्रीराम न्यौपानेको गुनासो– फसेकाको छिट्टै उद्धार गर्न खोज्दा हामीमाथि आक्रमण भो


प्रतिक्रिया