सुन प्रकरणमा सिआइबीले छोरा राहुलविरुद्ध मुद्दा दायर गर्ने बाबुविरुद्ध नगर्ने
काठमाडौं । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो(सिआइबी) ले पूर्वसभामुख तथा माओवादी केन्द्रका उपाध्यक्ष कृष्णबहादुर महराविरूद्ध मुद्दा दायर नगर्ने भएको छ ।
भेप सुन प्रकरणमा मुछिएका महराविरूद्ध सिआइबीले मुद्दा दायर गर्नुनपर्ने निष्कर्ष निकालेको हो । यद्यपि एकै प्रकरणमा संलग्नता देखिएको भनिएका बाबुविरूद्ध मुद्दा दायर नगर्ने निर्णय हुँदा उनका छोरा राहुलविरूद्ध भने सिआइबीले मुद्दा चलाउन सरकारी वकिलको कार्यालयलाई सिफारिस गरेको छ ।
आज सिआइबीले सरकारी वकिलको कार्यालय, काठमाडौंमा बुझाएको प्रतिवेदनमा राहुलसहित दावा छिरिङ र दावाजिन वाङका चालक लोकेन्द्र पौडेलविरूद्ध मुद्दा दायर गर्न सिफारिस गरेको हो ।
गत २९ माघ २०७९ मा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सार कार्यालयले ई–सिगरेट(भेप) मा सुन बरामद गरेको थियो ।
ताजा अपडेट
-
कोप-३१ मा नेपालको प्राथमिकता: जलवायु न्याय, अनुकूलन र हानि-नोक्सानी
-
वर्षमा एक दिन खुल्ने तलेजु भवानी मन्दिर भोलि सर्वसाधारणका लागि खुला
-
ओमानलाई हराउँदै नेपालले जोगायो ओडीआई मान्यता
-
चाडपर्व लक्षित सीमा सुरक्षामा सशस्त्र प्रहरीको सक्रियता, सुनसरीमा गस्ती तथा निगरानी तीव्र
-
एनपीएलमा एक्स्ट्रीमको रौनक, सात टिमको स्पेशल क्यान सबैको हातमा


प्रतिक्रिया