चलचित्र निर्देशक सुदर्शन थापाविरुद्ध पक्राउ पुर्जी जारी
काठमाडौं । चलचित्र निर्देशक सुदर्शन थापाविश्रद्ध पक्राउ पुर्जी जारी भएको छ ।
चलचित्र ‘प्रसाद २’का निर्माता सुवास बस्नेत र ज्याक श्रेष्ठले दिएको उजुरीका आधारमा उनीविरुद्ध पक्राउ पुर्जी जारी भएको प्रहरीले जनाएको छ ।
उनिहरुले फिल्म आफ्नो मन्जुरीबिना देश तथा विदेशमा प्रदर्शन गरेर करोड ठगि गरेको भन्दै थापाविरुद्ध उजुरी दिएका हुन् । थापासहति फिल्म सम्पादक मिलन श्रेष्ठविरुद्ध पनि पक्राउ पुर्जी जारी भएको छ ।
यहि प्रकरणमा ओएसआर डिजिटलका सञ्चाल ओमप्रकाश अग्रवाल भने शुक्रबार नै पक्राउ परेका छन् । उनलाई चार दिन हिरासतमा राखेर अनुसन्धान गर्न अदालतले अनुमति दिएको छ ।
ताजा अपडेट
-
अमेरिकी आक्रमणपछि इरान-अमेरिका तनाव थप चर्कियो
-
प्रतिनिधिसभाको शिक्षा समितिद्वारा पाँच विषयगत उपसमिति गठन
-
इबोला भाइरस रोकथाममा मन्त्रालयको उच्च सतर्कता
-
अध्ययन बिदा दुरुपयोग गरेका ४१ त्रिविका प्राध्यापकबाट दश करोडभन्दा बढी असुल
-
‘भारतीय प्रधानमन्त्री मोदीसँगको भेटवार्ता फलदायी र महत्वपूर्ण’ : रवि लामिछाने


प्रतिक्रिया