मसाज सेन्टरमा प्रहरीको छापा, १७ समातिए
काठमाडौं । कञ्चनपुरको महेन्द्रनगर क्षेत्रका मसाज सेन्टरमा प्रहरीले छापा मारेको छ । त्यसक्रममा अनैतिक कार्य गरेको भेटिएपछि १७ जनालाई नियन्त्रणमा लिइएको छ ।
जिल्ला प्रहरी कार्यालय, कञ्चनपुरका प्रमुख प्रहरी उपरीक्षक कमल थापा नेतृत्वको टोलीले आइतबार छापा मार्दै १७ जनालाई नियन्त्रणमा लिएको हो ।
भीमदत्त न.पा.–५ मा रहेको कोहिनुर र सोही स्थानमा रहेको ग्ल्यामर मसाज सेन्टरमा महिला पुरूषहरू अनैतिक किसिमका कार्यहरु गरिरहेको पाइएपछि १७ जनालाई नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय, कञ्चनपुरले जनाएको छ ।
समातिनेमा ८ भारतीय र बाँकी नेपाली छन् । नियन्त्रणमा लिइएकामाथि प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।
ताजा अपडेट
-
अमेरिकी संसदद्वारा ट्रम्पलाई इरानमा सैन्य कारवाही विस्तार गर्नबाट रोक्ने प्रस्ताव पारित
-
हुलाकमार्फत घरघरमै राहदानी
-
यस्तो छ आजका लागि कृषि उपजको थोक मूल्य
-
ट्राफिक कारबाहीमा एकै दिन २२ लाख ७६ हजार राजस्व संकलन
-
परराष्ट्रमन्त्री खनाल शनिबारदेखि तीनदिने औपचारिक भ्रमणमा भारत जाँदै


प्रतिक्रिया