मसाज सेन्टरमा प्रहरीको छापा, १७ समातिए

काठमाडौं । कञ्चनपुरको महेन्द्रनगर क्षेत्रका मसाज सेन्टरमा प्रहरीले छापा मारेको छ । त्यसक्रममा अनैतिक कार्य गरेको भेटिएपछि १७ जनालाई नियन्त्रणमा लिइएको छ ।
जिल्ला प्रहरी कार्यालय, कञ्चनपुरका प्रमुख प्रहरी उपरीक्षक कमल थापा नेतृत्वको टोलीले आइतबार छापा मार्दै १७ जनालाई नियन्त्रणमा लिएको हो ।
भीमदत्त न.पा.–५ मा रहेको कोहिनुर र सोही स्थानमा रहेको ग्ल्यामर मसाज सेन्टरमा महिला पुरूषहरू अनैतिक किसिमका कार्यहरु गरिरहेको पाइएपछि १७ जनालाई नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय, कञ्चनपुरले जनाएको छ ।
समातिनेमा ८ भारतीय र बाँकी नेपाली छन् । नियन्त्रणमा लिइएकामाथि प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।
ताजा अपडेट
-
रुकुम पश्चिममा जिप दुर्घटना हुँदा एक जनाको मृत्यु, तीन घाइते
-
नौ महिनामा भित्रियो ११ खर्ब ९१ अर्ब ३१ करोड विप्रेषण
-
प्रतिनिधिसभाबाट नीति तथा कार्यक्रम पारित
-
निजामति विधेयकमा ‘कुलिङ पिरियड’ दुई वर्ष राख्नुपर्नेमा जोड
-
ब्रिटिस काउन्सिलको ‘कनेक्सन थ्रु कल्चर’ अनुदान २०२५ का लागि आवेदन आव्हान
प्रतिक्रिया