पार्किङ व्यवस्थापनका लागि महानगरले तोक्यो मापदण्ड
काठमाडौं । काठमाडौं महानगरपालिकाले व्यावसायिक रुपमा सवारी साधन पार्किङ सञ्चालन व्यवस्थापनका लागि सूचना जारी गरेको छ ।
महानगर भित्र व्यवसायिक रुपमा पार्किङ सञ्चालन गर्ने व्यक्ति, संघ संस्था वा कम्पनीले १५ दिन भित्र सम्बन्धित वडा कार्यालयमा व्यवसाय दर्ता गर्नुपर्नेछ ।
त्यस्तै, काठमाडौँ महानगरपालिकाको आर्थिक ऐन, २०८० ले तोके बमोजिम समय र शुल्कसमेत उल्लेखित सूचना सबैले देख्ने गरी टाँस्न पनि महानगरले भनेको छ ।
पार्किङ स्थल निर्माण गर्दा पिच, ढलान वा सिमेन्टको ब्लकको प्रयोग गर्नुपर्ने महानगरले जारी गरेको सूचनामा उल्लेख छ ।

ताजा अपडेट
-
लुम्बिनी प्रदेशमा मन्त्रिपरिषद् पुनर्गठन: पाँच नयाँ मन्त्री थपिए, जेठ २५ गते शपथ
-
एसियाली छनोटः समूह विजेता बन्ने लक्ष्यसहित आज मलेसियाविरुद्ध भिड्दै नेपाल
-
केही हिमाली तथा पहाडी भूभागमा वर्षाको सम्भावना, तराईमा गर्मी बढ्ने
-
पर्यटकीयस्थल नगरकोट : सीमाङ्कनको प्रक्रिया बीचमै छाडियो
-
अमेरिकी आक्रमणपछि इरान-अमेरिका तनाव थप चर्कियो


प्रतिक्रिया