पार्किङ व्यवस्थापनका लागि महानगरले तोक्यो मापदण्ड
काठमाडौं । काठमाडौं महानगरपालिकाले व्यावसायिक रुपमा सवारी साधन पार्किङ सञ्चालन व्यवस्थापनका लागि सूचना जारी गरेको छ ।
महानगर भित्र व्यवसायिक रुपमा पार्किङ सञ्चालन गर्ने व्यक्ति, संघ संस्था वा कम्पनीले १५ दिन भित्र सम्बन्धित वडा कार्यालयमा व्यवसाय दर्ता गर्नुपर्नेछ ।
त्यस्तै, काठमाडौँ महानगरपालिकाको आर्थिक ऐन, २०८० ले तोके बमोजिम समय र शुल्कसमेत उल्लेखित सूचना सबैले देख्ने गरी टाँस्न पनि महानगरले भनेको छ ।
पार्किङ स्थल निर्माण गर्दा पिच, ढलान वा सिमेन्टको ब्लकको प्रयोग गर्नुपर्ने महानगरले जारी गरेको सूचनामा उल्लेख छ ।

ताजा अपडेट
-
चाडपर्व लक्षित सीमा सुरक्षामा सशस्त्र प्रहरीको सक्रियता, सुनसरीमा गस्ती तथा निगरानी तीव्र
-
एनपीएलमा एक्स्ट्रीमको रौनक, सात टिमको स्पेशल क्यान सबैको हातमा
-
नवरात्रको नवौँ दिन: शक्तिपीठमा भक्तजनको घुइँचो
-
मासु खाँदा हड्डी अड्किए के गर्ने, के नगर्ने ?
-
गेटामा एमबीबीएस सञ्चालनको अनुमति खारेज गर्न डा. केसीको माग, एक साताको अल्टिमेटम


प्रतिक्रिया