आज कति अंकले घट्यो नेप्से परिसूचक ?
काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा दोहोरो अङ्कको गिरावट देखिएको छ । आज परिसूचक १२ दशमलव ५८ अङ्कले घटेर एक हजार नौ सय आठ दशमलव ६६ को बिन्दुमा कायम भएको हो ।
आज दुई सय ८७ कम्पनीको ४३ लाख २७ हजार एक सय ७९ कित्ता सेयर ४८ हजार चार सय ४४ पटक खरिदबिक्री हुँदा रू एक अर्ब १७ करोड एक लाख ७२ हजार सात सय २२ बराबरको कारोबार भएको छ । आजको कारोबारपछि कुल बजार पुँजीकरण रू २९ खर्ब ११ अर्ब २५ करोड १५ लाख ३० हजार पाँच सय एक कायम भएको छ ।
उत्पादन तथा प्रशोधन समूहको उपसूचक शून्य दशमलव ९६ प्रतिशत र व्यापार समूह शून्य दशमलव ४९ प्रतिशत बढेको छ भने बाँकी सबै समूहको उपसूचक घटेको छ । सबैभन्दा धेरै जीवन बीमा समूहको उपसूचक एक प्रतिशतले घटेको छ ।
आजको कारोबारमा सयपत्री हाइड्रोपावर लिमिटेडको सेयर मूल्यमा सबैभन्दा धेरै छ दशमलव ८८ प्रतिशतको वृद्धि देखिएको छ । सबैभन्दा धेरै घट्नेमा भने बाराही हाइड्रोपावर पब्लिक लिमिटेडको सेयर मूल्यमा नकारात्मक सर्किट लागेको छ ।
त्यस्तै, हिमालयन लघुवित्त वित्तीय संस्था लिमिटेडको शेयर मूल्य नौ दशमलव ९९ प्रतिशतले घटेको छ । कारोबार रकमका आधारमा आज सबैभन्दा धेरै नविल बैंक लिमिटेडको रू तीन करोड ५१ लाख ४५ हजार तीन सय ६९ बराबरको कारोबार भएको छ । कारोबार भएका सेयर सङ्ख्याका आधारमा भने सानिमा इक्विटी फन्डको एक लाख ६९ हजार एक सय ९१ कित्ता शेयर किनबेच भएको छ ।
ताजा अपडेट
-
स्वास्थ्य र शिक्षामा लगाइएको तीन प्रतिशत कर लागू गर्ने निर्णयबाट पछि हट्यो सरकार
-
प्रस्तावित प्रमुख निर्वाचन आयुक्त र आयुक्तहरूको संसदीय सुनुवाइ साउन १२ र १३ गते हुने
-
जनकपुर तनावबारे हर्क साम्पाङको खण्डन : ‘म पुगेकै छैन, भ्रम फैलाइयो’
-
भारतको सिक्किममा भएको सुरुङ दुर्घटनामा नौ मजदुरको मृत्यु, १५ जना अझै बेपत्ता
-
श्रम संस्कृति पार्टीका कार्यकर्ता जानकी मन्दिर परिसरभित्र प्रवेश गर्न खोज्दा लखेटिए


प्रतिक्रिया