श्रीलंकामा भारी वर्षा, हजारौं प्रभावित

एजेन्सी । श्रीलंकामा भारी वर्षाका कारण विभिन्न १३ जिल्लामा गरी ७१ हजारभन्दा बढी मानिसहरू प्रभावित भएको विपत व्यवस्थापन केन्द्रले जनाएको छ ।
बाढीपहिरोका कारण तीन जनाको मृत्यु भएको समेत केन्द्रले जनाएको छ । दक्षिण पश्चिममा बढ्दो मनसुनको सक्रियताका कारण भारी बर्षा भएको केन्द्रले जनाएको छ । राष्ट्रिय भवन अनुसन्धान संगठनका अनुसार वर्षाका कारण पहिरो जानसक्ने चेतावनीसम्बन्धी सूचनाको म्याद थप गरिएको छ ।
यसैबीच, आगामी ४८ घण्टामा पश्चिमी र दक्षिणी प्रदेशमा वर्षाको सम्भावना कम हुने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
ताजा अपडेट
-
महिला एसियन कप छनोट चरणबाटै बाहिरियो नेपाल,उज्बेकिस्तान एसियन कपमा छनोट
-
उपाधि जितेको क्रिकेट टोलीलाई प्रधानमन्त्री ओलीले दिए बधाई
-
पर्यटकीय केन्द्र बन्दै तनहुँको ‘तीनखोले मन्दिर’
-
नागरिक उन्मुक्ति पार्टीद्वारा सरकारलाई दिएको समर्थन फिर्ता
-
राजमार्ग अपडेटः विभिन्न जिल्लाका सातवटा सडक पूर्ण रूपमा अवरुद्ध
प्रतिक्रिया