श्रीलंकामा भारी वर्षा, हजारौं प्रभावित
एजेन्सी । श्रीलंकामा भारी वर्षाका कारण विभिन्न १३ जिल्लामा गरी ७१ हजारभन्दा बढी मानिसहरू प्रभावित भएको विपत व्यवस्थापन केन्द्रले जनाएको छ ।
बाढीपहिरोका कारण तीन जनाको मृत्यु भएको समेत केन्द्रले जनाएको छ । दक्षिण पश्चिममा बढ्दो मनसुनको सक्रियताका कारण भारी बर्षा भएको केन्द्रले जनाएको छ । राष्ट्रिय भवन अनुसन्धान संगठनका अनुसार वर्षाका कारण पहिरो जानसक्ने चेतावनीसम्बन्धी सूचनाको म्याद थप गरिएको छ ।
यसैबीच, आगामी ४८ घण्टामा पश्चिमी र दक्षिणी प्रदेशमा वर्षाको सम्भावना कम हुने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
ताजा अपडेट
-
लुम्बिनी प्रदेशमा मन्त्रिपरिषद् पुनर्गठन: पाँच नयाँ मन्त्री थपिए, जेठ २५ गते शपथ
-
एसियाली छनोटः समूह विजेता बन्ने लक्ष्यसहित आज मलेसियाविरुद्ध भिड्दै नेपाल
-
केही हिमाली तथा पहाडी भूभागमा वर्षाको सम्भावना, तराईमा गर्मी बढ्ने
-
पर्यटकीयस्थल नगरकोट : सीमाङ्कनको प्रक्रिया बीचमै छाडियो
-
अमेरिकी आक्रमणपछि इरान-अमेरिका तनाव थप चर्कियो


प्रतिक्रिया