NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख ३१ गते

व्यापारीलाई ‘हनि ट्रयाप’मा फसाउने युवती काठमाडौंमा पक्राउ

काठमाडौं । एक व्यवसायीलाई हनि ट्रयापमा फसाएर पैसा असुलेको आरोपमा एक युवती पक्राउ परेकी छिन् । पूर्वी रुकुमकी रमिता थापालाई काठमाडौं प्रहरीले पक्राउ गरेको हो । उनले एक व्यापारीलाई फसाएर १७ लाख असुलेकी थिइन् । असुलीमा सघाउने युवतीका प्रेमी राजकुमार ढुंगाना पनि पक्राउ परेका छन् ।

सुरुमा फेसबुकमार्फत युवती र व्यापारीको चिनजान भएको थियो । पछि दुईजना नजिकिएर सम्बन्ध भएको छ । पछि युवतीले करोड रुपैयाँ माग्दै नत्र बलात्कार मुद्दा दायर गर्ने भन्दै बार्गेनिङ सुरु गरेकी थिइन् । आजित भएका व्यापारीले १७ लाख बुझाएपछि प्रहरीमा उजुरी गरेका हुन् । प्रहरीले घटनालाई गोप्य राखी अनुसन्धान गरिरहेको छ । युवतीले विगतमा पनि त्यसरी अरुलाई फसाएको हुनसक्ने आकलन गरिएको छ ।