दुर्गा प्रसाईंलाई महेश बस्नेतले भने– युवाले तह लाएछन्, अब सुध्र
काठमाडौं । नेकपा एमालेका नेता महेश बस्नेतले दुर्गा प्रसाईलाई मोसो दलेर युवाहरूले ठीक गरेको प्रतिक्रिया दिएका छन् । युवा संघलाई कम नआक्न सुझाउँदै उनले गलत बाटो छाडेर सुध्रन प्रसाईलाई आग्रह पनि गरेका छन् ।
‘बैक तथा वित्तीय संस्थालाई चुनौती दिने, विभिन्न समुदायलाई देश निकाल्छु, कालोमोसो दल्छु भन्ने आपराधिक कर्म गर्ने दुर्गा प्रसाईंलाई युवाहरूले आज तह लाएछन । अब सुध्रिउ, अरूलाई दोष नलगाउm ।’
बस्नेतले युवा संघको तागत नपाप्न चुनौती दिँदै अराजक गतिविधि गर्ने प्रसाईंलाई कारबाही गर्न मागसमेत गरेका छन् । ‘यस्तालाई सरकारले कारबाही गरोस् । जन प्रतिरोध हुनु राम्रो होइन । युवा संघको तागत ननाप प्रसाईं ।’
प्रसाईंलाई सोमबार राजधानीको एलो प्यागोडा होटलमा पत्रकार सम्मेलनका लागि जाँदै गर्दा युवा संघ आबद्ध युवाहरूको समूहले मोसो दलेको थियो । घटनापछि प्रसाईंले प्रहरीमा उजुरी नदिई त्यसको बदला लिने प्रतिक्रिया दिएका छन् ।
ताजा अपडेट
-
अमेरिकी संसदद्वारा ट्रम्पलाई इरानमा सैन्य कारवाही विस्तार गर्नबाट रोक्ने प्रस्ताव पारित
-
हुलाकमार्फत घरघरमै राहदानी
-
यस्तो छ आजका लागि कृषि उपजको थोक मूल्य
-
ट्राफिक कारबाहीमा एकै दिन २२ लाख ७६ हजार राजस्व संकलन
-
परराष्ट्रमन्त्री खनाल शनिबारदेखि तीनदिने औपचारिक भ्रमणमा भारत जाँदै


प्रतिक्रिया