शाहरुख खानलाई ‘ज्यान मार्ने’ धम्की, राज्य सरकारले बढायो सुरक्षा
एजेन्सी । बलिउड किंग शाहरुख खानलाई ‘ज्यान मार्ने’ धम्की आएको भारतीय मिडियाहरुले उल्लेख गरेका छन् ।
सन् २०२३ मा बक्स अफिसमा फिल्म ‘पठान’ र ‘जवान’ मार्फत तहल्का मच्चाएका खानले आफूलाई ज्यान मार्ने धम्की आएको भन्दै सरकारलाई लिखित गुनासो गरेका थिए ।
उक्त सफलतापछि फोन मार्फत लगातार धम्की आइरहेकोले सरकारसँग अभिनेता खानले सुरक्षा माग गरेका हुन् । उनको मागलाई सम्बोधन गर्दै महाराष्ट्र सरकारले सुरक्षामा केही कमी नराख्न निर्देशन दिएको छ ।
किंग खानका लागि राज्य सरकारले भिआइपी सुरक्षाको आदेश दिएको छ । यद्यपि, शाहरुखले पाएको यो ‘पेड’ सुरक्षा हो । सुरक्षाका लागि लाग्ने खर्च शाहरुख आफैँले भुक्तान गर्नेछन् ।
भारतीय मिडियामा उल्लेख भए अनुसार शाहरुख खानको घर बाहिर पुलिस तैनाथ हुनेछ भने उनको व्यक्तिगत सुरक्षाका लागि ६ जना पुलिस कमाण्डर खटिनेछन् ।
ताजा अपडेट
-
स्वास्थ्य र शिक्षामा लगाइएको तीन प्रतिशत कर लागू गर्ने निर्णयबाट पछि हट्यो सरकार
-
प्रस्तावित प्रमुख निर्वाचन आयुक्त र आयुक्तहरूको संसदीय सुनुवाइ साउन १२ र १३ गते हुने
-
जनकपुर तनावबारे हर्क साम्पाङको खण्डन : ‘म पुगेकै छैन, भ्रम फैलाइयो’
-
भारतको सिक्किममा भएको सुरुङ दुर्घटनामा नौ मजदुरको मृत्यु, १५ जना अझै बेपत्ता
-
श्रम संस्कृति पार्टीका कार्यकर्ता जानकी मन्दिर परिसरभित्र प्रवेश गर्न खोज्दा लखेटिए


प्रतिक्रिया