शाहरुख खानलाई ‘ज्यान मार्ने’ धम्की, राज्य सरकारले बढायो सुरक्षा
एजेन्सी । बलिउड किंग शाहरुख खानलाई ‘ज्यान मार्ने’ धम्की आएको भारतीय मिडियाहरुले उल्लेख गरेका छन् ।
सन् २०२३ मा बक्स अफिसमा फिल्म ‘पठान’ र ‘जवान’ मार्फत तहल्का मच्चाएका खानले आफूलाई ज्यान मार्ने धम्की आएको भन्दै सरकारलाई लिखित गुनासो गरेका थिए ।
उक्त सफलतापछि फोन मार्फत लगातार धम्की आइरहेकोले सरकारसँग अभिनेता खानले सुरक्षा माग गरेका हुन् । उनको मागलाई सम्बोधन गर्दै महाराष्ट्र सरकारले सुरक्षामा केही कमी नराख्न निर्देशन दिएको छ ।
किंग खानका लागि राज्य सरकारले भिआइपी सुरक्षाको आदेश दिएको छ । यद्यपि, शाहरुखले पाएको यो ‘पेड’ सुरक्षा हो । सुरक्षाका लागि लाग्ने खर्च शाहरुख आफैँले भुक्तान गर्नेछन् ।
भारतीय मिडियामा उल्लेख भए अनुसार शाहरुख खानको घर बाहिर पुलिस तैनाथ हुनेछ भने उनको व्यक्तिगत सुरक्षाका लागि ६ जना पुलिस कमाण्डर खटिनेछन् ।
ताजा अपडेट
-
कोप-३१ मा नेपालको प्राथमिकता: जलवायु न्याय, अनुकूलन र हानि-नोक्सानी
-
वर्षमा एक दिन खुल्ने तलेजु भवानी मन्दिर भोलि सर्वसाधारणका लागि खुला
-
ओमानलाई हराउँदै नेपालले जोगायो ओडीआई मान्यता
-
चाडपर्व लक्षित सीमा सुरक्षामा सशस्त्र प्रहरीको सक्रियता, सुनसरीमा गस्ती तथा निगरानी तीव्र
-
एनपीएलमा एक्स्ट्रीमको रौनक, सात टिमको स्पेशल क्यान सबैको हातमा


प्रतिक्रिया