एसियाली खेलकुदमा रजत जितेका खेलाडीहरूको विमानस्थलमा स्वागत
१९ औं एसियाली खेलकुद खेल्न चीनको हाङझाउमा पुगेका खेलाडीहरू स्वदेश फर्किएका छन् ।
प्रतियोगितामा एक रजत र एक कांस्य पदक विजेता नेपाली खेलाडीलाई विमानस्थलमा खादा माला लगाएर स्वागत गरिएको थियो ।
मंगलबार मध्याह्नमा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल आइपुगेका खेलाडी, प्रशिक्षक र अफिसियलहरुलाई राष्ट्रिय खेलकुद परिषद्ले विशेष स्कर्टिङसहित राखेप कार्यालय लगेको थियो ।
त्यहाँ उनीहरुलाई समर्थक एवं परिवारका सदस्यले स्वागत गरे । करातेबाट नेपालका लागि एरिका गुरूङले रजत पदक, तथा नेपाली महिला टोलीले कबड्डीमा कास्य जितेको थियो ।
कबड्डीमा नेपालले पहिलो पटक पदक जितेको हो ।
ताजा अपडेट
-
बाढीपछि पर्यटन क्षेत्रको पुनरुत्थानका लागि सरकार र निजी क्षेत्रबीच सहकार्य
-
संयुक्त राष्ट्रसङ्घले नेपाललाई चार करोड ९६ लाख अमेरिकी डलर सहयोग गर्ने
-
रसुवा बाढी : १२ सय ९५ शव फेला, झन्डै पाँच हजार अझै बेपत्ता
-
जनकपुरका राजगुठीअन्तर्गतका पोखरी अतिक्रमण हटाउने दोस्रो चरणको प्रक्रिया शुरु, ७ दिने सार्वजनिक सूचना जारी
-
श्रीराम न्यौपानेको गुनासो– फसेकाको छिट्टै उद्धार गर्न खोज्दा हामीमाथि आक्रमण भो


प्रतिक्रिया