एसियाली खेलकुदमा रजत जितेका खेलाडीहरूको विमानस्थलमा स्वागत
१९ औं एसियाली खेलकुद खेल्न चीनको हाङझाउमा पुगेका खेलाडीहरू स्वदेश फर्किएका छन् ।
प्रतियोगितामा एक रजत र एक कांस्य पदक विजेता नेपाली खेलाडीलाई विमानस्थलमा खादा माला लगाएर स्वागत गरिएको थियो ।
मंगलबार मध्याह्नमा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल आइपुगेका खेलाडी, प्रशिक्षक र अफिसियलहरुलाई राष्ट्रिय खेलकुद परिषद्ले विशेष स्कर्टिङसहित राखेप कार्यालय लगेको थियो ।
त्यहाँ उनीहरुलाई समर्थक एवं परिवारका सदस्यले स्वागत गरे । करातेबाट नेपालका लागि एरिका गुरूङले रजत पदक, तथा नेपाली महिला टोलीले कबड्डीमा कास्य जितेको थियो ।
कबड्डीमा नेपालले पहिलो पटक पदक जितेको हो ।
ताजा अपडेट
-
कोप-३१ मा नेपालको प्राथमिकता: जलवायु न्याय, अनुकूलन र हानि-नोक्सानी
-
वर्षमा एक दिन खुल्ने तलेजु भवानी मन्दिर भोलि सर्वसाधारणका लागि खुला
-
ओमानलाई हराउँदै नेपालले जोगायो ओडीआई मान्यता
-
चाडपर्व लक्षित सीमा सुरक्षामा सशस्त्र प्रहरीको सक्रियता, सुनसरीमा गस्ती तथा निगरानी तीव्र
-
एनपीएलमा एक्स्ट्रीमको रौनक, सात टिमको स्पेशल क्यान सबैको हातमा


प्रतिक्रिया