NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख २५ गते

किन राखियो त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलकाे कार्गो भवनमा फ्ल्याप गेट ?

काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सार कार्यालयले फ्ल्याप गेट संचालनमा ल्याएको छ ।

विमानस्थल भन्सार कार्यालय गौचरले बुधवारबाट अनाधिकृत व्यक्त्तिको प्रवेश र गलत क्रियाकलाप रोक्नका लागि कार्गो भवनमा फ्ल्याप गेट संचालनमा ल्याएको जनाएको छ ।

प्रहरी रिपोर्ट र भन्सार कार्यालयको सिफारिसपछि नेपाल नागरिक उड्डयन प्राधिकरणकबाट वितरण हुने ‘वाई’ पास बाहकले मात्र यो गेट पार गर्न सक्नेछन् ।

गत साउन २ गते कार्गो भवनबाट गाडीको ‘ब्रेक शु’ भित्र लुकाई तस्करि गरि सुन बाहिरिएपछि विमानस्थल भन्सार कार्यालयले प्रवेशमा कडाई गरेको हो ।

उक्त घटनामा अनाधिकृत व्यक्त्तीको प्रवेश देखिएपछि विभिन्न निकायको शिफारिशका आधारमा भन्सार कार्यालयले कार्गो भवन प्रवेशका लागि फ्ल्याप गेट संचालनमा ल्याएको हो ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल प्रवेशका लागि अंग्रेजी अल्फावेट ‘ए’ देखि ‘एल’ सम्मको पास उपलब्ध गरानेछ । कार्गो भवन प्रवेशका लागि भने अंग्रेजी अल्फावेट ‘वाई’ पास उपलब्ध गराइएको हो ।

सर्वसाधारणहरुले आफ्नो मालवस्तु छुटाउनका लागि भन्सार एरियामा प्रवेश गर्नुपरेमा भिजिटर पास लिई प्रवेश गर्न पाउने व्यवस्था गरिएको छ ।

हाल भन्सारका कर्मचारी, भन्सार एजेन्ट र सामान लोड अनलोड गर्ने श्रमिकलाई मात्र फोटो सहितको पास उपलब्ध गराइएको भन्सार प्रमुख डा. टोकराज पाण्डेले बताए ।

भन्सार कार्यालयले यस अघि विमानस्थलको यात्रु आवागमन तर्फ बहमूल्य सामान र विदेशी मुद्राको स्वघोषणा कक्ष संचालनमा ल्याएको थियो ।

यद्यपि पछिल्लो समय अवैध सुन तथा मालवस्तु ल्याई दर्जनौँ व्यक्तीहरु कानुनी कार्वाहीमा पर्ने क्रम नरोकिएको विमानस्थल कार्यालयले जनाएको छ ।