हमासको आक्रमणमा ज्यान गुमाएका विद्यार्थीको परिवारलाई कर्णाली सरकारले ३ लाख दिने

काठमाडौं । कर्णाली प्रदेश सरकारले इजरायलमा आक्रमणमा परी ज्यान गुमाएका विद्यार्थीका परिवारलाई तीन लाख रूपैयाँ राहत उपलब्ध गराउने निर्णय गरेको छ ।
बुधबार बसेको प्रदेश मन्त्रिपरिषद बैठकले इजरायल आक्रमणमा दिवंगत भएका कर्णालीका विद्यार्थीको परिवारलाई राहत स्वरूप तीन लाख रूपैयाँ उपलब्ध गराउने निर्णय गरेको सरकारका प्रवक्ता समेत रहेका आन्तरिक मामिला तथा कानून मन्त्री कृष्णबहादुर जिसीले जानकारी दिए ।
मन्त्री जिसीका अनुसार प्रदेश सरकारले मृतकप्रति श्रद्धाञ्जली अर्पण गर्दै शोकाकुल परिवारमा समवेदना समेत प्रकट गरेको छ ।
गत शनिबार इजरायलमा प्यालेस्टाइनी समूह हमासले गरेको आक्रमणमा परि कर्णालीबाट शारदा नगरपालिका–३, सल्यानका २४ वर्षीय प्रवेश भण्डारीको मृत्यु भएको थियो । भण्डारीसहित अन्य १० जना नेपाली जिद्यार्थीले आक्रमणमा ज्यान गुमाएका थिए ।
ताजा अपडेट
-
महिला एसियन कप छनोट चरणबाटै बाहिरियो नेपाल,उज्बेकिस्तान एसियन कपमा छनोट
-
उपाधि जितेको क्रिकेट टोलीलाई प्रधानमन्त्री ओलीले दिए बधाई
-
पर्यटकीय केन्द्र बन्दै तनहुँको ‘तीनखोले मन्दिर’
-
नागरिक उन्मुक्ति पार्टीद्वारा सरकारलाई दिएको समर्थन फिर्ता
-
राजमार्ग अपडेटः विभिन्न जिल्लाका सातवटा सडक पूर्ण रूपमा अवरुद्ध
प्रतिक्रिया