NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८३ जेठ २६ गते

टिकट नपाएर पार्टी छाडेका किशोरी साह फेरि एमालेमै फर्किए

काठमाडौं । पूर्व प्रदेशसभा सदस्य किशोरी साह ‘कमल’ फेरि नेकपा एमालेमा फर्केका छन् ।

यसअघिको निर्वाचनमा उनले एमालेबाट टिकट नपाएपछि जनमत पार्टीबाट चुनाव लडेका थिए । चुनावको एकदिन अघि मात्रै जनमत प्रवेश गरी चुनाव लडेका उनी बुधवार फेरी एमालेमै फर्केका हुन् ।

उनलाई नेकपा एमाले मधेस प्रदेश अधिवेशनको उद्घाटन सत्रमा एमाले अध्यक्ष केपी शर्मा ओलीले पार्टीमा भित्र्याएका हुन् । अध्यक्ष ओलीले उनलाई टिका लगाएर गम्छा ओढाएका थिए ।

२०७४ मा धनुषाको प्रदेशसभा क्षेत्र १ ९१० बाट नेकपा एमालेबाट विजयी भएका थिए ।

ताजा अपडेट

नेपालवाच विशेष