NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८२ वैशाख २९ गते

विश्वकप छनोटको पहिलो चरणमा नेपालले लाओससँग खेल्दै

काठमाडौं । विश्वकप फुटबलको एसियाली छनोटको पहिलो चरणमा नेपालले आज लाओससँग खेल्दैछ ।

खेल दशरथ रंगशालामा साँझ साढे ५ बजे सुरु हुनेछ । नेपाल लाओसविरुद्ध जितको खोजीमा हुनेछ । कप्तान किरण चेम्जोङले लाओसविरुद्ध खेल्न आफुहरु तयारी अवस्थामा रहेको बताएका छन् ।

बिहीबार दशरथ रंगशालामा भरिभराउ दर्शकको अपेक्षा र आह्वान समेत गरेका छन् । नेपाली टिममा अमृत श्रेष्ठ र सञ्जिव विष्टले पहिलो पटक स्थान बनाएका छन् ।

कप्तान चेम्जोङ सहित रोहित चन्द र मनिष डाँगी राष्ट्रिय टिममा यथावत छन् । नेपालले दोस्रो खेल लाओसको भेन्टियानामा खेल्नेछ ।

ताजा अपडेट

नेपालवाच विशेष