दक्ष श्रमिकलाई जर्मनीमा राेजगारीकाे अवसर
काठमाडौं । सङ्घीय गणतन्त्र जर्मनीले दक्ष नेपाली श्रमिकलाई रोजगारीका अवसर प्रदान गर्ने भएको छ ।
श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री शरत्सिंह भण्डारी र जर्मनीका श्रम तथा सामाजिक मामिला राज्यमन्त्री लियोनी गेवर्सको उपस्थितिमा हालै जर्मनीका लागि नेपाली राजदूत रामकाजी खड्का र जर्मनीको रोजगारी विभागका अन्तरराष्ट्रिय मामिला निर्देशक माइकल भान डेर कामेनले नेपाली दक्ष श्रमिकलाई रोजगारी उपलब्ध गराउनेसम्बन्धी आशयपत्रमा हस्ताक्षर गर्नुभएको बर्लिनस्थित नेपाली राजदूतावासले जनाएको छ ।
त्यसअघि दुवै देशका प्रतिनिधिमण्डलबीच भएको वार्तामा दक्ष नेपाली जनशक्तिलाई रोजगारीका अवसर उपलब्ध गराउने, वैधानिक तवरबाट मात्र उनीहरुलाई काममा लगाउने, नेपाली कामदारको हकहितको रक्षा र भाषा तथा व्यावसायिक तालिम दिने विषयमा पनि छलफल भएको थियो ।
राज्यमन्त्री गेवर्सले द्विपक्षीय आशयपत्रमा हस्ताक्षर भएपछि संस्थागतरुपमा नेपाली श्रमिकलाई जर्मनीमा काम गर्न सहज हुने र जर्मनीका रोजगारदाता निकायलाई पनि काममा लगाउन कठिनाइ नहुने उक्त दूतावासले जनाएको छ ।
ताजा अपडेट
-
अमेरिकी आक्रमणपछि इरान-अमेरिका तनाव थप चर्कियो
-
प्रतिनिधिसभाको शिक्षा समितिद्वारा पाँच विषयगत उपसमिति गठन
-
इबोला भाइरस रोकथाममा मन्त्रालयको उच्च सतर्कता
-
अध्ययन बिदा दुरुपयोग गरेका ४१ त्रिविका प्राध्यापकबाट दश करोडभन्दा बढी असुल
-
‘भारतीय प्रधानमन्त्री मोदीसँगको भेटवार्ता फलदायी र महत्वपूर्ण’ : रवि लामिछाने


प्रतिक्रिया