कोशीको मुख्यमन्त्रीमा माओवादीका आङ्बो र कांग्रेसका कार्कीले गरे दाबी पेश, कार्कीलाई एमालेको साथ

काठमाडौं । कोशी प्रदेशको मुख्यमन्त्रीमा नेकपा माओवादी केन्द्र संसदीय दलका नेता इन्द्रबहादुर आङ्बो र नेपाली कांग्रेसको शेखर कोइराला पक्षका केदार कार्कीले दाबी पेश गरेका छन् ।
आङ्बोले नेपाली कांग्रेस (संस्थापन पक्ष) नेकपा माओवादी केन्द्र, एकीकृत समाजवादी र जनता समाजवादी पार्टीको संसदीय दलको हस्ताक्षरबाट मुख्यमन्त्रीमा दाबी पेश गरेका हुन् भने, कार्कीले एमालेका ३९ र कांग्रेसका ८ सांसदको हस्ताक्षरसहित मुख्यमन्त्रीमा दाबी पेश गरेका हुन् ।
कांग्रेसका केदार कार्की, रामकुमार खत्री, शम्शेर राई, इन्दिरा थापा, लिलाकुमारी राई, गोविन्दा गिरी, मानबहादुर लिम्बु र सुनिताकुमारी गुरुङसहित ८ जनाले हस्ताक्षर गरेका छन् ।
दुबै जनाले प्रदेश प्रमुखको कार्यालयमा पुगेर दाबी पेश गरेका हुन् । कोशीमा सरकार गठनका लागि ४७ सांसद आवश्यक हुन्छ ।
संविधानको धारा १६८ को उपधारा ५ बमोजिम सरकार गठनका लागि हस्ताक्षर गर्दा सांसदलाई ह्वीप नलाग्ने र स्वतन्त्र हैसियत रहने सर्बोच्च अदालतको व्याख्या छ ।
ताजा अपडेट
-
यसपटक डेंगु सङ्क्रमणको जोखिम बढ्ने
-
अर्थतन्त्र सुधारको समयसीमासहित ‘सुधार कार्यान्वयन कार्ययोजना’ जारी
-
नेपाल समृद्धउन्मुख छ, निराश हुन आवश्यक छैन : अध्यक्ष दाहाल
-
सीमाक्षेत्रमा हुने आपराधिक घटना तथा चोरी तस्करी कडाइका साथ रोक्न गृहमन्त्री लेखकको निर्देशन
-
पूर्वाधार निर्माणमा माओवादी केन्द्रको उच्च प्राथमिकता
प्रतिक्रिया