कालापानी क्षेत्रको गुञ्जीमा मोदीको भ्रमण, नेपालीलाई प्रवेश रोक
काठमाडौं । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले नेपालको चुच्चे नक्साभित्र समेटिएको दार्चुलाको कालापानी क्षेत्रमा भ्रमण गरेका छन् । मोदीले बिहीबार नेपालको नक्सामा समेटिएको गुञ्जी र कुटीलगायत क्षेत्रमा भ्रमण गरेका हुन् ।
भारतीय अतिक्रमणमा रहेका नावी, गुञ्जी, कुटी नेपालले ०७७ मा जारी गरेको चुच्चे नक्साभित्र समेटिएका गाउँ हुन् । मोदीले गुञ्जीमा भेटघाट कार्यक्रम राखेका थिए ।
मोदीसँग उत्तराखण्ड राज्यका मुख्यमन्त्री पुष्करसिंह धामी पनि कालापानी क्षेत्र पुगेका थिए । स्थानीय पहिरनमा सजिएका मोदीले सौका समुदायसँग संवादसमेत गरे । मोदीको भ्रमण भएको ठाउँमा नेपालीलाई प्रवेशमा रोक लगाइएको थियो । नेपालीलाई सीतापुलभन्दा माथि जान रोक छ । नेपाल सरकारले ७ जेठ ०७७ मा भारतले अतिक्रमण गरेको कालापानी, लिपुलेक र लिम्पियाधुरा क्षेत्र समेटेर चुच्चे नक्सा जारी गरेको थियो । यो समाचार आजको नयाँ पत्रिका दैनिकले छापेको छ ।
नेपाली सुरक्षाकर्मी भने व्याँस गाउँपालिका– १ को छाँगरूमा बसेका छन् । छाँगरू कालापानीभन्दा १० किलोमिटर तलै पर्छ । नेपाल सरकारले चुच्चे नक्सा जारी गरेपछि व्याँसमा सशस्त्र प्रहरीको ४४ नम्बर गण राखेको छ । नेपाली सुरक्षाकर्मीसमेत कालापानीसम्म जान पाउँदैनन् । नेपाल सरकारले छाँगरूमा सशस्त्र प्रहरीका गुल्म तथा तिंकरमा बोर्डर आउट पोस्ट राखेको छ । यस्तै, कालापानीनजिकै रहेको कौवामा बिओपी राख्ने तयारी छ ।
ताजा अपडेट
-
कराते टोली जापान प्रस्थान, खेलाडीलाई विमानस्थलको ‘भिआइपी’ सुविधा
-
बाढीपछि पर्यटन क्षेत्रको पुनरुत्थानका लागि सरकार र निजी क्षेत्रबीच सहकार्य
-
संयुक्त राष्ट्रसङ्घले नेपाललाई चार करोड ९६ लाख अमेरिकी डलर सहयोग गर्ने
-
रसुवा बाढी : १२ सय ९५ शव फेला, झन्डै पाँच हजार अझै बेपत्ता
-
जनकपुरका राजगुठीअन्तर्गतका पोखरी अतिक्रमण हटाउने दोस्रो चरणको प्रक्रिया शुरु, ७ दिने सार्वजनिक सूचना जारी


प्रतिक्रिया