NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख २१ गते

त्रिकोणात्मक टी-२० श्रृंखलाबाट सन्दीपले लिए नाम फिर्ता

काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टिमका पूर्व कप्तान सन्दीप लामिछानेले त्रिकोणात्मक टी-२० श्रृंखलाबाट आफ्नो नाम फिर्ता लिएका छन् ।

नेपाल क्रिकेट संघ (क्यान) ले नेपाल, यूएई र हङकङ सम्मिलित त्रिकोणात्मक सिरिज आयोजना गरेको छ, जसका खेलहरु १ कात्तिकदेखि १० गतेसम्म हुनेछ ।

सन्दीपले सामाजिक सञ्जालमार्फत उक्त प्रतियोगिता नखेल्ने निर्णय लिएको बताएका छन् ।

आफ्नो जीवनको कठिन र चुनौतीपूर्ण समयबाट गुज्रिरहेको उनले बताएका छन् । उनले परिवारसँग समय बिताउन चाहेको पनि उल्लेख गरेका छन् ।

उनले लेखेका छन्, ‘भारी मनका साथ आगामी प्रतियोगिताबाट नाम फिर्ता लिने निर्णय गरेको छु । म मेरो जीवनको कठिन र चुनौतीपूर्ण समयहरूबाट गुज्रिरहेको छु। मैले आफूलाई पुनर्जीवित गर्न आवश्यक छ र परिवारलाई समय चाहिन्छ भन्ने महसुस गरेको छु।’

उनले अहिलेसम्म पाएको आशीर्वाद र शुभकामनाका लागि सबैलाई धन्यवाद पनि दिएका छन् ।