एमाले मधेश प्रदेशको पदाधिकारीमा सहमति जुट्यो, अध्यक्षमा मण्डल
काठमाडौं । नेकपा एमाले मधेश प्रदेशको अध्यक्षमा चण्डेश्वर मण्डलसहित पाँच पदाधिकारी सर्वसम्मत चयन भएका छन् ।
बुधबारदेखि जारी अधिवेशनमा बिहीबार बिहानदेखि बन्दसत्रमा सर्वसम्मत रुपमा नेतृत्व चयन गर्ने कसरतपछि पदाधिकारीमा सहमति जुटेको हो ।
अध्यक्षसहित पाँच जना पदाधिकारको नाममा सहमति जुटेको एमालेका मधेश प्रदेश संसदीय दलका नेता सरोजकुमार यादवले जानकारी दिए ।
उपाध्यक्षमा विचारी यादव, सचिवमा मनोज पौडेल, उपसचिवमा आरती भण्डारी र मोहम्मद कैसको नाममा सहमती जुटेको उनले जानकारी दिए ।
अब निर्वाचन प्रक्रियाले उनीहरूको नाम अनुमोदन गर्नेछ ।
ताजा अपडेट
-
नेपालले जित्यो एसियन गेम्स क्रिकेट छनोटको उपाधि
-
वीरगन्जका मेयर राजेशमान सिंहसहित पाँच जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर
-
चरम आर्थिक संकटमा उदयपुर सिमेन्ट उद्योग
-
विद्युत् महुसुल बक्यौता तत्काल उठाउन ऊर्जामन्त्रीको निर्देशन
-
‘इरानलाई आणविक हतियारबाट रोक्न कारबाही आवश्यक थियो’ : राष्ट्रपति ट्रम्प


प्रतिक्रिया