NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८२ जेठ ७ गते

एमाले मधेश प्रदेशको पदाधिकारीमा सहमति जुट्यो, अध्यक्षमा मण्डल

काठमाडौं । नेकपा एमाले मधेश प्रदेशको अध्यक्षमा चण्डेश्वर मण्डलसहित पाँच पदाधिकारी सर्वसम्मत चयन भएका छन् ।

बुधबारदेखि जारी अधिवेशनमा बिहीबार बिहानदेखि बन्दसत्रमा सर्वसम्मत रुपमा नेतृत्व चयन गर्ने कसरतपछि पदाधिकारीमा सहमति जुटेको हो ।

अध्यक्षसहित पाँच जना पदाधिकारको नाममा सहमति जुटेको एमालेका मधेश प्रदेश संसदीय दलका नेता सरोजकुमार यादवले जानकारी दिए ।

उपाध्यक्षमा विचारी यादव, सचिवमा मनोज पौडेल, उपसचिवमा आरती भण्डारी र मोहम्मद कैसको नाममा सहमती जुटेको उनले जानकारी दिए ।

अब निर्वाचन प्रक्रियाले उनीहरूको नाम अनुमोदन गर्नेछ ।