इजरायलको चेतावनी: प्यालेस्टाइनीहरु २४ घण्टाभित्र गाजा सिटी छाड
काठमाडौं । इजरायलले प्यालेस्टाइनी नागरिकहरूलाई गाजा सिटी खाली गराउन चेतावनी जारी गरेको छ ।
इजरायलले २४ घण्टाभित्र त्यो क्षेत्र छाडेर जान चेतावनी दिएको हो । उक्त क्षेत्रमा १० लाखभन्दा बढी मानिस बस्छन् । उनीहरुलाई सो ठाउँ छाड्न र दक्षिणी गाजा जान चेतावनी दिइएपछि संयुक्त राष्ट्रसंघले चेतावनी फिर्ता लिन भनेको छ ।
इजरायलले भने भीषण आक्रमणको योजना बनाइसकेको गाजा सिटीमा आक्रमण गरिछाड्ने अडान लिएको छ । इजरायलले सर्वसाधारणहरू आफ्नो दुस्मन नभएको बताउँदै हमास लडाकुबाट टाढै रहन पनि आग्रह गरेको छ । हमासले सर्वसाधारणलाई मानव ढालको रूपमा प्रयोग गर्न सक्ने सम्भावना भएको इजरायलको भनाइ छ ।
राष्ट्रसंघका अनुसार गाजा सिटी छाड्न इजरायलले थोरै समय दिनु त्यो उनीहरूको जीवनमाथिको खेलवाड हो ।
इजरायल र हमासको युद्धमा झण्डै ३ हजार जनाको मृत्यु भएको छ । हमासको आक्रमणमा इजरायलतर्फ १३ सयले ज्यान गुमाउँदा इजरायलको आक्रमणमा ५०० बालबालिकासहित १५ सय ३७ प्यालेस्टाइनीको ज्यान गएको छ ।
ताजा अपडेट
-
कोप-३१ मा नेपालको प्राथमिकता: जलवायु न्याय, अनुकूलन र हानि-नोक्सानी
-
वर्षमा एक दिन खुल्ने तलेजु भवानी मन्दिर भोलि सर्वसाधारणका लागि खुला
-
ओमानलाई हराउँदै नेपालले जोगायो ओडीआई मान्यता
-
चाडपर्व लक्षित सीमा सुरक्षामा सशस्त्र प्रहरीको सक्रियता, सुनसरीमा गस्ती तथा निगरानी तीव्र
-
एनपीएलमा एक्स्ट्रीमको रौनक, सात टिमको स्पेशल क्यान सबैको हातमा


प्रतिक्रिया