सिक्किमको बाढीपछि सम्पर्कविहीन भएका पाँच नेपाली भेटिए

काठमाडौं । भारतको सिक्किममा गएको पहिरो र टिस्टा नदीमा बाढी आएपछि सम्पर्कविहीन बनेका इलामका ५ जना परिवारको सम्पर्कमा आएका छन्।
इलाम नगरपालिका-९ का सेनबहादुर कार्की, कुमार बस्नेत, नरमाया बस्नेत, खुशी कार्की र लाक्पा लामा ११ दिनपछि परिवारको सम्पर्कमा आएका हुन्।
उनीहरूले परिवारसँग सम्पर्क गरेको इलामका सहायक प्रमुख जिल्ला अधिकारी ध्रुवप्रसाद कोइरालाले जानकारी दिए। सम्पर्कविहीन बनेका सबैजना आज घर आइपुग्ने पनि उनले बताए ।
बाढीका कारण टेलिफोन, विद्युत् सेवा पनि अवरुद्ध भएकोले कसैसँग सम्पर्क स्थापित हुन नसक्दा उनीहरूको बाढीमा बेपत्ता भएको अनुमान गरिएको थियो ।
उनीहरू असोज १६ गतेदेखि सम्पर्कविहीन थिए। सोही दिन राति सिक्किम राज्यको उत्तरी भेगमा हिमतालको माथिल्लो तटीय क्षेत्रमा मुसलधारे वर्षापछि गएको पहिरो र टिस्टा नदीमा आएको बाढीले धनजनको क्षति भएको थियो । वर्षाका कारण करिब तीन हजार पर्यटक रोकिएका थिए ।
ताजा अपडेट
-
लगानी आकर्षित गर्न के गर्दैछ लगानी बोर्ड ?
-
सुनचाँदीको मुल्य बढ्यो, तोलाको कति पुग्यो ?
-
डिजिटल भुक्तानी अझै सहज बनाउन एभरेष्ट बैंकले ल्यायो ‘इबिएल भर्चुअल क्रेडिट कार्ड’
-
समावेशी संविधान बन्नु ऐतिहासिक उपलब्धि : अध्यक्ष प्रचण्ड
-
ट्रम्पको नयाँ निर्णय: स्टिल र अलुमिनियम आयातमा ५०% कर लागू
प्रतिक्रिया