सिक्किमको बाढीपछि सम्पर्कविहीन भएका पाँच नेपाली भेटिए
काठमाडौं । भारतको सिक्किममा गएको पहिरो र टिस्टा नदीमा बाढी आएपछि सम्पर्कविहीन बनेका इलामका ५ जना परिवारको सम्पर्कमा आएका छन्।
इलाम नगरपालिका-९ का सेनबहादुर कार्की, कुमार बस्नेत, नरमाया बस्नेत, खुशी कार्की र लाक्पा लामा ११ दिनपछि परिवारको सम्पर्कमा आएका हुन्।
उनीहरूले परिवारसँग सम्पर्क गरेको इलामका सहायक प्रमुख जिल्ला अधिकारी ध्रुवप्रसाद कोइरालाले जानकारी दिए। सम्पर्कविहीन बनेका सबैजना आज घर आइपुग्ने पनि उनले बताए ।
बाढीका कारण टेलिफोन, विद्युत् सेवा पनि अवरुद्ध भएकोले कसैसँग सम्पर्क स्थापित हुन नसक्दा उनीहरूको बाढीमा बेपत्ता भएको अनुमान गरिएको थियो ।
उनीहरू असोज १६ गतेदेखि सम्पर्कविहीन थिए। सोही दिन राति सिक्किम राज्यको उत्तरी भेगमा हिमतालको माथिल्लो तटीय क्षेत्रमा मुसलधारे वर्षापछि गएको पहिरो र टिस्टा नदीमा आएको बाढीले धनजनको क्षति भएको थियो । वर्षाका कारण करिब तीन हजार पर्यटक रोकिएका थिए ।
ताजा अपडेट
-
कांग्रेस केन्द्रीय अनुशासन समितिको बैठक बस्दै
-
लुम्बिनी प्रदेशमा मन्त्रिपरिषद् पुनर्गठन: पाँच नयाँ मन्त्री थपिए, जेठ २५ गते शपथ
-
एसियाली छनोटः समूह विजेता बन्ने लक्ष्यसहित आज मलेसियाविरुद्ध भिड्दै नेपाल
-
केही हिमाली तथा पहाडी भूभागमा वर्षाको सम्भावना, तराईमा गर्मी बढ्ने
-
पर्यटकीयस्थल नगरकोट : सीमाङ्कनको प्रक्रिया बीचमै छाडियो


प्रतिक्रिया