कार्की पक्षको सनाखत जारी, आङ्बो पक्ष नजाने

काठमाडौं । कोशी प्रदेश मुख्यमन्त्रीमा समर्थन गरेका सांसदको हस्ताक्षर सनाखत सुरू भएको छ ।
एमालेको समर्थनमा मुख्यमन्त्रीमा दाबी गरेका कांग्रेसका केदार कार्कीले आफूलाई समर्थन गरेका ४७ प्रदेश सांसदसहित सनाखतका लागि प्रदेश प्रमुखको कार्यालयमा आइपुगेका छन् । अहिले उनीहरुको सनाखत कार्य भइरहेको छ ।
सत्ता गठबन्धनको सिफारिसमा मुख्यमन्त्रीमा दाबी पेश गरेका माओवादी संसदीय दलका नेता इन्द्रबहादुर आङ्बोले सनाखत नगर्ने बताइएको छ । कांग्रेसबाट विद्रोह गर्दै डाक्टर शेखर कोइराला समूह एमालेसँग मिलेका कारण गठबन्धन उम्मेदवार र उनका समर्थक हस्ताक्षर सनाखतका लागि नआउने भएका हुन् ।
सरकार बनाउने अन्तिम विकल्प संविधानको धारा १६८ को उपधारा (५) बमोजिम मुख्यमन्त्री नियुक्त गरी सरकार गठनका लागि आह्वान गरेको सातदिने समयसीमा शुक्रबार साँझ ५ बजे सकिएपछि प्रदेश प्रमुख परशुराम खापुङले सनाखत गराउने निर्णय गरेका हुन् ।
कार्की र आङ्बोले ४७/४७ सांसदको समर्थन रहेको भनी हस्ताक्षरसहित दाबी गरेका थिए ।
ताजा अपडेट
-
रोनाल्डो फिफा क्लब विश्वकपमा सहभागी नहुने
-
गण्डकी प्रदेश सभामा नीति तथा कार्यक्रममाथि छलफल
-
अमेरिकासँगको करसम्बन्धी वार्तामा ‘प्रगति’, सम्झौता हुन बाँकी : जापान
-
आर्थिक अभावले उपचार नपाउने अवस्थाको अन्त्य हुनुपर्छ : प्रधानमन्त्री
-
अमेरिकी भन्सार शुल्कवृद्धि अन्तर्राष्ट्रिय मापदण्डविरुद्ध’
प्रतिक्रिया