कार्की पक्षको सनाखत जारी, आङ्बो पक्ष नजाने
काठमाडौं । कोशी प्रदेश मुख्यमन्त्रीमा समर्थन गरेका सांसदको हस्ताक्षर सनाखत सुरू भएको छ ।
एमालेको समर्थनमा मुख्यमन्त्रीमा दाबी गरेका कांग्रेसका केदार कार्कीले आफूलाई समर्थन गरेका ४७ प्रदेश सांसदसहित सनाखतका लागि प्रदेश प्रमुखको कार्यालयमा आइपुगेका छन् । अहिले उनीहरुको सनाखत कार्य भइरहेको छ ।
सत्ता गठबन्धनको सिफारिसमा मुख्यमन्त्रीमा दाबी पेश गरेका माओवादी संसदीय दलका नेता इन्द्रबहादुर आङ्बोले सनाखत नगर्ने बताइएको छ । कांग्रेसबाट विद्रोह गर्दै डाक्टर शेखर कोइराला समूह एमालेसँग मिलेका कारण गठबन्धन उम्मेदवार र उनका समर्थक हस्ताक्षर सनाखतका लागि नआउने भएका हुन् ।
सरकार बनाउने अन्तिम विकल्प संविधानको धारा १६८ को उपधारा (५) बमोजिम मुख्यमन्त्री नियुक्त गरी सरकार गठनका लागि आह्वान गरेको सातदिने समयसीमा शुक्रबार साँझ ५ बजे सकिएपछि प्रदेश प्रमुख परशुराम खापुङले सनाखत गराउने निर्णय गरेका हुन् ।
कार्की र आङ्बोले ४७/४७ सांसदको समर्थन रहेको भनी हस्ताक्षरसहित दाबी गरेका थिए ।
ताजा अपडेट
-
कांग्रेस केन्द्रीय अनुशासन समितिको बैठक बस्दै
-
लुम्बिनी प्रदेशमा मन्त्रिपरिषद् पुनर्गठन: पाँच नयाँ मन्त्री थपिए, जेठ २५ गते शपथ
-
एसियाली छनोटः समूह विजेता बन्ने लक्ष्यसहित आज मलेसियाविरुद्ध भिड्दै नेपाल
-
केही हिमाली तथा पहाडी भूभागमा वर्षाको सम्भावना, तराईमा गर्मी बढ्ने
-
पर्यटकीयस्थल नगरकोट : सीमाङ्कनको प्रक्रिया बीचमै छाडियो


प्रतिक्रिया