बालुवाटारमा तीन नेताको लिखित प्रतिबद्धता ‘गठबन्धन कमजोर हुन दिँदैनौँ’
काठमाडौं । सत्ता गठबन्धनका तीन नेताले कोशीका मुख्यमन्त्री नियुक्तिको विषयले सत्ता गठबन्धन कमजोर नहुने प्रतिवद्धता जाहेर गरेका छन् ।
माओवादी केन्द्रका अध्यक्ष समेत रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, कांग्रेस सभापति शेरबहादुर देउवा र नेता शेखर कोइरालाले लिखित सहमति नै गरेर सत्ता गठबन्धनप्रति दृढ रहने प्रतिबद्धता जनाएका हुन् ।
कोशीको विषयमा आज बिहान बालुवाटारमा प्रचण्डले नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र नेता शेखर कोइरालासँग छलफल गरेका थिए।
छलफलपछि कोशीमा भएको राजनीतिक घटनाक्रमबाट गठबन्धनलाई कमजोर हुन नदिने सहमति भएको हो।
सत्ता गठबन्धनले कोशी प्रदेशको मुख्यमन्त्रीमा माओवादीका इन्द्र आङ्बोलाई अघि सार्ने निर्णय गरेपछि डा. शेखर पक्षले विद्रोह गरेका थियो । कोशी प्रदेशको मुख्यमन्त्रीमा नेपाली कांग्रेसका केदार कार्की नियुक्त भएका छन् ।
कोशीमा एमालेको समर्थनमा कांग्रेसका केदार कार्की मुख्यमन्त्री नियक्त भएका हुन्। यसअघि गठबन्धनको केन्द्रीय नेतृत्वले माओवादीका प्रदेश संसदीय दलका नेता इन्द्र आङ्बोलाई मुख्यमन्त्री बनाउने सहमति गरेको थियो।

ताजा अपडेट
-
नेपालले जित्यो एसियन गेम्स क्रिकेट छनोटको उपाधि
-
वीरगन्जका मेयर राजेशमान सिंहसहित पाँच जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर
-
चरम आर्थिक संकटमा उदयपुर सिमेन्ट उद्योग
-
विद्युत् महुसुल बक्यौता तत्काल उठाउन ऊर्जामन्त्रीको निर्देशन
-
‘इरानलाई आणविक हतियारबाट रोक्न कारबाही आवश्यक थियो’ : राष्ट्रपति ट्रम्प


प्रतिक्रिया