विश्वकपमा भारतसँग पाकिस्तानको लज्जास्पद हार
काठमाडौैं । भारतमा जारी एकदिवसीय क्रिकेट विश्वकपमा सर्वाधिक चासोको खेल शनिबार थियो । भारत र पाकिस्तानबीचको यो खेलको सर्वत्र चर्चा थियो । दुई देशबीच कडा टक्कर हुने विश्लेषण गरिएको थियो ।
तर, खेल त्यस्तो रोमाञ्चक भएन । एकतर्फी खेलमा भारतले पाकिस्तानलाई सहजै हराइदियो ।
टस जितेर पहिले बलिङ गरेको भारतले पाकिस्तानलाई ४२.४ ओभरमै अलआउट गर्याे । पाकिस्तानले एक सय ९१ रन मात्र बनाउन सक्यो । भारतका सबै जसो बलरले उत्कृष्ट बलिङ गरे । पाकिस्तानका लागि कप्तार बाबर आजमले सर्वाधिक ५० तथा मोहम्मद रिजवानले ४९ रन बनाउनु बाहेक अन्य ब्याट्सम्यान निरिह देखिए ।
जवाफी ब्याटीङमा ३०.३ ओभरमै तीन विकट गुमाएर भारतले खेल जितेको हो । भारतका लागि कप्तान रोहित शर्माले ८६ रन बनाए । ६३ बल खेलेका उनले ६ छक्का र ६ चौका हान्दै बिष्फोटक ब्याटीङ गरेका थिए । त्यस्तै श्रेयर अैयरले अविजित ५३ रन बनाए । शुभमन गिल र विराट कोहली १६–१६ रनमा आउट भए भने केएल राहुल १९ रनमा अविजित भइ खेलेका थिए ।
एक सय १७ बल बाँकी रहँदा सात विकेटले भारतले सहजै खेल जितेको हो । यो जितसँगै भारत तीन खेलमा तीन जितसहित टेबुलको शीर्ष स्थापनामा उक्लिएको छ भने पाकिस्तान चौथो स्थानामा छ।
ताजा अपडेट
-
नयाँ बसपार्कसहित उपत्यकाका विभिन्न नाकामा यात्रुको चाप बढ्यो
-
सरकारकै तर्फबाट विन्ध्यवासिनीमा विधिपूर्वक भित्राइयो फूलपाती
-
कांग्रेस महाधिवेशनमा गगन थापालाई सर्वाधिक मत, टप टेनमा को–को परे ?
-
दसैँमा अस्पतालका आकस्मिक र शल्यक्रिया सेवा नियमित राख्न निर्देशन
-
दसैँ मनाउनुहोस्, तर मुटु जोगाउनुहोस्ः वरिष्ठ मुटुरोग विशेषज्ञ डा लम्साल


प्रतिक्रिया