NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख ३१ गते

इटालीसँग माल्टा पराजित

काठमाडौं । युरोकप छनोटमा माल्टा इटालीसँग फराकिलो गोल अन्तरमा पराजित भएको छ । शनिबार सम्पन्न खेलमा माल्टा इटालीसँग ४–० गोलान्तरमा पराजित भएको हो ।

इटालीका लागि जियाकोमा बोनावेन्टुरा र डेबिड फ्रेटेसीले समान १/१ र डोमेनिको बेरार्डीले २ गोल गरे ।

योसँगै समूह ‘सी’मा रहेको इटालीले इंग्ल्याण्डमाथि दबाब बढाएको छ । इटाली अब इंग्ल्याण्डभन्दा मात्रै ३ अंकले पछाडि छ ।