बहराइन ३७.५ ओभरमै अलआउट, नेपालले पायो मात्रै ७८ रनको लक्ष्य
काठमाडौं । एसीसी यू–१९ प्रिमियर कपमा नेपालले बहराइनलाई ७७ रनमै अलआउट गरेको छ ।
मलेसियाको बायुमास ओभलमा जारी खेलमा टस जितेर पहिले ब्याटिङ गरेको बहराइन ३७.५ ओभरमै अलआउट भएको हो ।
खेलमा नेपालका दीपेश कँडेल र दुर्गेश गुप्ताले सानदार बलिङ गरे ।
दीपेशले ९.५ ओभरमा जम्मा चार रन मात्र खर्चेर ६ विकेट लिए । दुर्गेशले ७ ओभरमा १८ रन खर्चेर चार विकेट लिए ।
बहराइनका लागि मुहम्मेद बसिल अब्दुल हाकिमले सर्वाधिक ३४ रन जोडे पनि अन्य खेलाडीले दोहोरो रन बनाउन सकेनन् ।
ताजा अपडेट
-
मदन भण्डारी राजमार्गको पूर्वी खण्डमा ४२ किलोमिटर सडक कालोपत्र
-
सरकारले तिर्न बाँकी ऋण २५ खर्ब ३६ अर्ब
-
प्रतिबन्ध लाग्नुअघि नै बन्द भयो अमेरिकामा टिकटक
-
दोस्रो चरणको युद्धविराम सफल नभए पुनः आक्रमण थाल्ने इजरायली प्रधानमन्त्रीको चेतावनी
-
झापाका तीन स्थानमा शून्य खनजोत प्रविधिबाट मकैखेती
प्रतिक्रिया