NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ असार २ गते

बहराइनका ५ बलर शुन्य रनमा आउट, नेपालले पायो ७८ रनको लक्ष्य

काठमाडौं । एसीसी यू-१९ प्रिमियर कपमा खेलमा बहराइनले नेपाललाई ७८ रनको लक्ष्य दिएको छ । मलेसियामा जारी प्रतियोगितामा बहराइनले टस जितेर नेपाललाई बलिङको निम्तो दिएको थियो ।

बहराइन ३७.५ ओभरमा अलआउट हुँदै ७७ रनमात्रमा सिमित बनेको हो । बहराइनका मुहम्मद बासिल अब्दुल हकिमले सर्वाधिक ३४ रन बनाए । ७७ बलको सामना गरेका उनले दुई छक्का र दुई चौका प्रहार गरे ।

उनीवाहेक अन्य ब्याट्सम्यानले दोहोरो अङ्कमा रन बनाउन सकेनन् । ओपनर ब्याट्सम्यान रिसब रमेश ६, अर्का ओपनर आयान ओबाइद सैयदले तीन रन बनाउदा तेस्रो नम्बरका ब्याट्सम्यान साई सार्थक बादिराजु दुईमा आउट भए ।

बहराइनका पाँच ब्याट्सम्यान शुन्य रनमै आउट भए । नेपाली टोलीका बलर दीपेश कँडेलले ६ विकेट लिए । उनले ९.५ ओभरमा आठ मेडन राख्दै केवल चार रन खर्चिएका थिए ।

दुर्गेश गुप्ताले पनि चार विकेट लिए । उनले आठ ओभरमा एक मेडन राख्दै केवल २२ रन खर्चिएका थिए । यसअघि नेपालले आफ्नो पहिलो खेलमा इरानलाई दुई सय ७४ रनको विशाल अन्तरले हराएको थियो ।

नेपालले तेस्रो खेल अक्टोबर १९ मा साउदी अरेबियासँग खेल्नेछ । प्रतियोगितामा १६ राष्ट्र सहभागी छन् । नेपाल प्रतियोगिताको समूह ‘ए’ मा छ । एक खेलबाट दुई अंक जोड्रदै नेपाल तालिकाको पहिलो स्थानमा छ ।

प्रतियोगिताबाट तीनवटा टोली यसै वर्ष पाकिस्तानमा आयोजना हुने एसीसी यु—१९ एसिया कपका लागि छनोट हुनेछन् ।

 

ताजा अपडेट

नेपालवाच विशेष