ओली भेट्न बालकोटमा कार्की
काठमाडौं । कोशी प्रदेशका नवनियुक्त मुख्यमन्त्री केदार कार्कीले एमाले अध्यक्ष केपी शर्मा ओलीलाई भेटेका छन् ।
कार्की कांग्रेसबाट विद्रोह गरेर संविधानको धारा १६८ (५०) अन्तर्गत एमालेको समर्थनमा कोशीको मुख्यमन्त्री बनेका हुन् । कार्की मुख्यमन्त्री नियुक्त भएको भोली पल्ट अध्यक्ष ओलीलाई भेट्न उनकै निवास भक्तपुरको बालकोट पुगे ।
मुख्यमन्त्री नियुक्त भएपछि उनी शनिवार काठमाडौं आएका थिए । उनले हिजै कांग्रेस नेता शेखर कोइरालालाई भेटेका थिए । कार्कीले आज पद तथा गोपनीयताको शपथ लिने छन् ।
कांग्रेसबाट विद्रोह गरेका कार्कीले नेकपा एमालेबाट एक र आफूलाई साथ दिएका एक जना कांग्रेस सांसदलाई आजै मन्त्री नियुक्ति गर्ने तयारी पनि गरेका छन्।
ताजा अपडेट
-
कांग्रेस केन्द्रीय अनुशासन समितिको बैठक बस्दै
-
लुम्बिनी प्रदेशमा मन्त्रिपरिषद् पुनर्गठन: पाँच नयाँ मन्त्री थपिए, जेठ २५ गते शपथ
-
एसियाली छनोटः समूह विजेता बन्ने लक्ष्यसहित आज मलेसियाविरुद्ध भिड्दै नेपाल
-
केही हिमाली तथा पहाडी भूभागमा वर्षाको सम्भावना, तराईमा गर्मी बढ्ने
-
पर्यटकीयस्थल नगरकोट : सीमाङ्कनको प्रक्रिया बीचमै छाडियो


प्रतिक्रिया