ओली भेट्न बालकोटमा कार्की
काठमाडौं । कोशी प्रदेशका नवनियुक्त मुख्यमन्त्री केदार कार्कीले एमाले अध्यक्ष केपी शर्मा ओलीलाई भेटेका छन् ।
कार्की कांग्रेसबाट विद्रोह गरेर संविधानको धारा १६८ (५०) अन्तर्गत एमालेको समर्थनमा कोशीको मुख्यमन्त्री बनेका हुन् । कार्की मुख्यमन्त्री नियुक्त भएको भोली पल्ट अध्यक्ष ओलीलाई भेट्न उनकै निवास भक्तपुरको बालकोट पुगे ।
मुख्यमन्त्री नियुक्त भएपछि उनी शनिवार काठमाडौं आएका थिए । उनले हिजै कांग्रेस नेता शेखर कोइरालालाई भेटेका थिए । कार्कीले आज पद तथा गोपनीयताको शपथ लिने छन् ।
कांग्रेसबाट विद्रोह गरेका कार्कीले नेकपा एमालेबाट एक र आफूलाई साथ दिएका एक जना कांग्रेस सांसदलाई आजै मन्त्री नियुक्ति गर्ने तयारी पनि गरेका छन्।
ताजा अपडेट
-
कोप-३१ मा नेपालको प्राथमिकता: जलवायु न्याय, अनुकूलन र हानि-नोक्सानी
-
वर्षमा एक दिन खुल्ने तलेजु भवानी मन्दिर भोलि सर्वसाधारणका लागि खुला
-
ओमानलाई हराउँदै नेपालले जोगायो ओडीआई मान्यता
-
चाडपर्व लक्षित सीमा सुरक्षामा सशस्त्र प्रहरीको सक्रियता, सुनसरीमा गस्ती तथा निगरानी तीव्र
-
एनपीएलमा एक्स्ट्रीमको रौनक, सात टिमको स्पेशल क्यान सबैको हातमा


प्रतिक्रिया