NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८२ वैशाख २९ गते

विश्वकपमा इंग्ल्याण्डविरुद्ध अफगानिस्तानको ऐतिहासिक जित

काठमाडौं । भारतमा जारी एकदिवसिय क्रिकेट विश्वकपमा अफगानिस्तानले क्रिकेटको महाशक्ति मानिने इंल्याण्डमाथि ऐतिहासिक जित हात पारेको छ । दिल्लीको मैदानमा अफगानिस्तानले ६९ रनले इंल्याण्डलाई हराएको हो । एकदिवसीय विश्वकपको डिफेन्डिङ च्याम्पियन रहेको टिमलाई कमजोर मानिएको अफगानिस्तानले हराएको हो । पहिलोपटक अफगानिस्तानले इंल्याण्डलाई हराएको हो ।

सुरुमा ब्याटीङ गरेको अफगानिस्तान ४९.५ ओभरमा अलआउट हुँदै दुई सय ८४ रन बनाएको थियो । विश्वकपमा यो अफगानिस्तानको अहिलेसम्मकै उच्च स्कोर हो । सुरुमा आक्रमण ब्याटीङ गरेका अफगानिस्तानका ब्याट्सम्यानले पहिलो विकेट गुमाउँदा १६.४ ओभरमा एक सय १४ रन जोडेका थिए ।

जवाफी ब्याटीङमा इंल्याण्ड २१५ रनमा अलआउट भएको हो । ४०.३ ओभरमै इंल्याण्ड अलआउट भएको हो । अफगानिस्तानका लागि रसिद खान र मुजिब रहमानले उत्कृष्ट बलिङ गर्दै ३–२ विकेट लिए ।

 

ताजा अपडेट

नेपालवाच विशेष