विश्वकपमा इंग्ल्याण्डविरुद्ध अफगानिस्तानको ऐतिहासिक जित
काठमाडौं । भारतमा जारी एकदिवसिय क्रिकेट विश्वकपमा अफगानिस्तानले क्रिकेटको महाशक्ति मानिने इंल्याण्डमाथि ऐतिहासिक जित हात पारेको छ । दिल्लीको मैदानमा अफगानिस्तानले ६९ रनले इंल्याण्डलाई हराएको हो । एकदिवसीय विश्वकपको डिफेन्डिङ च्याम्पियन रहेको टिमलाई कमजोर मानिएको अफगानिस्तानले हराएको हो । पहिलोपटक अफगानिस्तानले इंल्याण्डलाई हराएको हो ।
सुरुमा ब्याटीङ गरेको अफगानिस्तान ४९.५ ओभरमा अलआउट हुँदै दुई सय ८४ रन बनाएको थियो । विश्वकपमा यो अफगानिस्तानको अहिलेसम्मकै उच्च स्कोर हो । सुरुमा आक्रमण ब्याटीङ गरेका अफगानिस्तानका ब्याट्सम्यानले पहिलो विकेट गुमाउँदा १६.४ ओभरमा एक सय १४ रन जोडेका थिए ।
जवाफी ब्याटीङमा इंल्याण्ड २१५ रनमा अलआउट भएको हो । ४०.३ ओभरमै इंल्याण्ड अलआउट भएको हो । अफगानिस्तानका लागि रसिद खान र मुजिब रहमानले उत्कृष्ट बलिङ गर्दै ३–२ विकेट लिए ।
ताजा अपडेट
-
नयाँ बसपार्कसहित उपत्यकाका विभिन्न नाकामा यात्रुको चाप बढ्यो
-
सरकारकै तर्फबाट विन्ध्यवासिनीमा विधिपूर्वक भित्राइयो फूलपाती
-
कांग्रेस महाधिवेशनमा गगन थापालाई सर्वाधिक मत, टप टेनमा को–को परे ?
-
दसैँमा अस्पतालका आकस्मिक र शल्यक्रिया सेवा नियमित राख्न निर्देशन
-
दसैँ मनाउनुहोस्, तर मुटु जोगाउनुहोस्ः वरिष्ठ मुटुरोग विशेषज्ञ डा लम्साल


प्रतिक्रिया