विश्वासको मत लिने विषयमा मुख्यमन्त्री कार्कीले एमालेसँग छलफल गर्दै
काठमाडौं । कोशी प्रदेशका नवनियुक्त मुख्यमन्त्री केदार कार्कीले तत्काल विश्वासको मत लिनका लागि तयारी थालेका छन् ।
शनिबार मुख्यमन्त्री नियुक्त भएका कार्कीले पर्सी बुधबार नै प्रदेशसभाबाट विश्वासको मत लिनका लागि नेकपा एमालेसँग छलफल गर्ने भएका हुन् ।
एमालेको समर्थनमा कांग्रेसबाट विद्रोह गर्दै मुख्यमन्त्री बनेका कार्कीले एमालेसँग आज छलफल गर्न लागेका हुन् । दशैँअघि नै विश्वासको मत लिएर मन्त्रिपरिषद् विस्तार गर्ने मुख्यमन्त्री कार्कीको तयारी छ ।
कार्कीलाई कांग्रेसबाट बिद्रोह गरेका ८ र एमालेका ३९ जनाले समर्थन गरेका हुन् । सरकार गठनका लागि प्रदेशसभामा चाहिने संख्या ४७ हो ।
ताजा अपडेट
-
कोप-३१ मा नेपालको प्राथमिकता: जलवायु न्याय, अनुकूलन र हानि-नोक्सानी
-
वर्षमा एक दिन खुल्ने तलेजु भवानी मन्दिर भोलि सर्वसाधारणका लागि खुला
-
ओमानलाई हराउँदै नेपालले जोगायो ओडीआई मान्यता
-
चाडपर्व लक्षित सीमा सुरक्षामा सशस्त्र प्रहरीको सक्रियता, सुनसरीमा गस्ती तथा निगरानी तीव्र
-
एनपीएलमा एक्स्ट्रीमको रौनक, सात टिमको स्पेशल क्यान सबैको हातमा


प्रतिक्रिया