सुदूरपश्चिममा एनजीओ आईएनजीओले प्रचार गरेजस्तो विकृतिमात्र छैनन्ः मन्त्री साउद
काठमाडौं । परराष्ट्रमन्त्री एनपी साउदले सुदूरपश्चिमको अवस्था एनजीओ आईएनजीओले प्रचार गरेजस्तो विकृतिमात्र नभएको बताएका छन् ।
सोमबार काठमाडौंमा सदूरपश्चिम पत्रकार समाजले आयोजना गरेको दशैँ, तिहार, छठ तथा नेपाल सम्वतको शुभकामना आदान प्रदान तथा भेटघाट कार्यक्रममा उनले एनजीओ आईएनजीओले प्रचार गरेजस्तो विकृतिमात्र नभई सुदूरपश्चिमले थुप्रै सम्भावना र अवसर बोकेको बताएका हुन् ।
उनले ६० प्रतिशत एनजीओ बागमतीको दायरभन्दा बाहिर जान नसकेको बताउँदै सुदूरपश्चिममा एनजीओ जान मान्ने पनि उल्लेख गरे ।

त्यसक्रममा उनले अहिलेको बजेट प्रणालीका कारण नयाँ ठाउँमा पूर्वाधारको विकास गर्न बजेटको अभाव रहेको बताए । उनले विकास निर्माणको प्रकृया अगाडि बढाउने कुरामा सबै मिलेर अगाडि बढ्नुपर्नेमा जोड दिए ।
उनले सुदूरपश्चिममा प्रयाप्त सम्भावना र अवसर रहेको भन्दै मन्त्री साउदले सोही आधारमा विकासको ढोका खुलेको बताए । मन्त्री साउदले कुनै समय सुदूरपश्चिम केन्द्रसँग सम्पर्क विच्छेद भएको अवस्थामा रहेको तर, अहिले विकासको ढोका खुलेको बताए ।
मन्त्री साउदले प्रदेशमा ठूला परियोजनाहरु निर्माणाधीन अवस्थामा रहेको भन्दै त्यसले सिंगो सुदूरपश्चिमको विकासमा ठूलो टेवा पुग्ने उल्लेख गरे ।
अब तीनै तहका सरकारले पूर्वाधार निर्माणमा ध्यान दिनुपर्ने बताउँदै मन्त्री साउदले राज्यले सुदूरपश्चिमलाई हेर्न दृष्टिकोण पनि बदल्न आवश्यक रहेको धारणा राखे ।
ताजा अपडेट
-
स्वास्थ्य र शिक्षामा लगाइएको तीन प्रतिशत कर लागू गर्ने निर्णयबाट पछि हट्यो सरकार
-
प्रस्तावित प्रमुख निर्वाचन आयुक्त र आयुक्तहरूको संसदीय सुनुवाइ साउन १२ र १३ गते हुने
-
जनकपुर तनावबारे हर्क साम्पाङको खण्डन : ‘म पुगेकै छैन, भ्रम फैलाइयो’
-
भारतको सिक्किममा भएको सुरुङ दुर्घटनामा नौ मजदुरको मृत्यु, १५ जना अझै बेपत्ता
-
श्रम संस्कृति पार्टीका कार्यकर्ता जानकी मन्दिर परिसरभित्र प्रवेश गर्न खोज्दा लखेटिए


प्रतिक्रिया