त्रिदेशीय टी-२० सिरिजका लागि नेपाली टोलीको घोषणा
काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान) ले त्रिदेशीय टि-२० सिरिज खेल्ने नेपाली टोलीको घोषणा गरेको छ ।
नेपाल, यूएई र हङकङबीच हुने त्रिदेशीय टि-२० सिरिजका लागि क्यानले रोहित पौडेलको कप्तानीमा १८ सदस्यीय नेपाली टोली घोषणा गरेको हो ।
सिरिज खेल्ने टोलीमा सन्दीप लामिछानेको नाम उल्लेख छैन । उनले यसअघि नै राष्ट्रिय टिमबाट नाम आफ्नो नाम फिर्ता लिएका थिए ।
कात्तिक १ गतेदेखि सुरू हुने सिरिजको पहिलो खेल कात्तिक १ गते यूएईसँग र दोस्रो खेल कात्तिक ३ गते हङकङसँग खेल्नेछ । सिरिजको लिग चरणका सबै खेल मूलपानी क्रिकेट ग्राउन्ड र फाइनल खेल त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा हुनेछ ।
यस्तो छ टोली
रोहित शर्मा (कप्तान), आशिफ शेख, कुशल भुर्तेल, कुशल मल्ल, दीपेन्द्रसिंह ऐरी, सन्दीप जोरा, गुल्सन झा, सोमपाल कामी, करण केसी, प्रतिश जिसी, ललित राजवंशी, अभिनाश बोहरा, विवेक यादव, सागर ढकाल, बिनोद भण्डारी, लोकेश बम, सूर्य तामाङ र श्याम (मौसम) ढकाल छन् ।
ताजा अपडेट
-
नयाँ बसपार्कसहित उपत्यकाका विभिन्न नाकामा यात्रुको चाप बढ्यो
-
सरकारकै तर्फबाट विन्ध्यवासिनीमा विधिपूर्वक भित्राइयो फूलपाती
-
कांग्रेस महाधिवेशनमा गगन थापालाई सर्वाधिक मत, टप टेनमा को–को परे ?
-
दसैँमा अस्पतालका आकस्मिक र शल्यक्रिया सेवा नियमित राख्न निर्देशन
-
दसैँ मनाउनुहोस्, तर मुटु जोगाउनुहोस्ः वरिष्ठ मुटुरोग विशेषज्ञ डा लम्साल


प्रतिक्रिया