भारतका चर्चित खलनायक जगपति काठमाडौंमा
काठमाडौं। भारतीय चर्चित अभिनेता जगपति बाबु आइतबार नेपाल आएका छन् ।
केही सहयोगीसहित नेपाल आएका उनले भ्रमणको उद्देश्यबारे भने केही जानकारी दिएका छैनन् ।
हिन्दी, तेलुगु, तमिल, मलयालम, र कन्नड फिल्महरूमा अभिनय गरेका उनलाई खल नायकको रुपमा देख्न सकिन्छ । उनले नेपाल घुमेपछि मात्र नेपालबारे धारणा राख्ने बताएका छन् ।
प्रतिक्रिया