NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८२ असार २२ गते

राष्ट्रिय खेलकुद सम्मानका लागि खुल्यो आवेदन, कसले दिन पाउने ?

काठमाडौं । राष्ट्रिय खेलकुद सम्मानका लागि सरकारले आवेदन माग गरेको छ ।

नेपाल सरकार, युवा तथा खेलकुद मन्त्रालयले खेलकुदको क्षेत्रमा योगदान पुर्याएका खेलाडी, प्रशिक्षक, निर्णायक वा रेफ्री, व्यवस्थापक, खेल चिकित्सक वा फिजियोथेरापिस्टको आवेदन माग गरेको हो ।

त्यस्तै, राष्ट्रिय सम्मानका लागि खेल संघ र खेल प्रायोजकले पनि आवेदन दिन सक्नेछन् । मन्त्रालयको वार्षिक कार्यक्रम अनुसार सो सम्मान वितरण गर्न लागिएको मन्त्रालयले जारी गरेको सूचनामा उल्लेख छ ।

सम्मानका लागि योग्य र इच्छुकले तीस दिन भित्र मन्त्रालयको वेबसाइटमा गएर आवेदन दिन सक्नेछन् ।

ताजा अपडेट

नेपालवाच विशेष