विश्वकप छनोट: दोस्रो लेगमा नेपालले आज लाओससँग खेल्दै

काठमाडौं । फिफा विश्वकप २०२६ को प्रारम्भिक छनोट अन्तर्गत दोस्रो लेगको खेलमा नेपालले आज लाओससँग खेल्दैछ ।
खेल लाओसको भिएनतिएनेस्थित न्यु लाओस नेशनल स्टेडियममा नेपाली समय अनुसार बेलुका पौने ६ बजे सुरु हुनेछ ।
नेपालले यो खेल जिेतेपछि मात्रै विश्वकप एसिया छनोटको दोस्रो चरणमा प्रवेश गर्नेछ । त्यसका लागि लाओसलाई पराउनै पर्ने दबाबमा छ नेपाल ।
गत बिहीबार काठमाडौंमा भएको पहिलो लेगको खेलमा नेपालले लाओससँग १–१ को बराबरी खेलेको थियो ।
प्रतिक्रिया