NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख २९ गते

दसैंमा ‘चङ्गा चैट’ प्रतियोगिता आयोजना हुँदै

धुलिखेल । दसैँं र तिहारको याममा चङ्गा उडाएर मनोरञ्जन लिने संस्कति हराउँदै गइरहेको अवस्थामा त्यसलाई पुनः स्थापित गर्न चङ्गा महोत्सव गर्न लागिएको छ ।

युवा पुस्ताको रोजाइमा नपरेका कारण पछिल्ला वर्षमा चङ्गा उडाउने परम्परा लोपहुँदै गएकाले बनेपास्थित रोट्राक्ट क्लबले सो प्रतियोगिता आयोजना गर्न लागेको हो । ‘चङ्गा उडाऔँ, संस्कृति जोगाऔँ’ भन्ने नाराका साथ बनेपा नगरपालिका–९ मगरगाउँमा आगामी कात्तिक ४ गते उक्त प्रतियोगिता आयोजना गर्न लागिएको आयोजकले जनाएको छ ।

अहिलेको युवा संस्कति बचाउनभन्दा पनि घुम्ने र खानपानमै रमाइलो मान्ने गर्दा यस्ता परम्परा लोपहुँदै गएकाले संरक्षण गर्न र युवा पुस्तामा यसको महत्व बुझाउन पनि महोत्सवर आयोजना गर्न लागिएको क्लबका अध्यक्ष रोभेन तौजलेले बताए ।

‘दसैँमा चङ्गा उडाउनभन्दा रमाइलो गरेर बस्ने युवापुस्ता बढ्दैछ ।’ उनले भने, ‘विगत एकदशक अगाडिसम्म दसैं तथा तिहारमा बालबालिकादेखि युवायुवतीले मनोरञ्जनका रूपमा चङ्गा उडाउने परम्परा पछिल्लो समय स्थान अभाव र पश्चिमा संस्कृतिको प्रभावका कारण लोप हुन थालेको छ ।’ अहिले पहिलेको जस्तो चङ्गा उडाउने ठाउँ पनि पर्याप्त नभए पनि उतिबेलाका घरको उचाइ पनि उस्तैउस्तै हुने हुँदा चङ्गा उडाउन सजिलो थियो तर पछिल्लो समय खुल्ला स्थान अभाव र सहरीकरणका कारण चङ्गा उडाउने संस्कृति हराउँदै जान थालेकाले युवा पुस्तामा यसको महत्व बुझाउन आवश्यक देखिएको उनले बताए ।

लोप हुन थालेको संस्कृति जगेर्ना गर्ने उद्देश्यले बनेपाका युवाले करिब दस वर्षदेखि चङ्गा चैट प्रतियोगिता आयोजना गर्दै आएको प्रतियोगिताका संयोजक तथा क्बलका सेक्रेटरी सदिक्षा धितालले बताइन् । यस पटक पनि नेपालीको महानचाड दसैको उपलक्ष्यमा फूलपातीका दिन प्रतियोगिता गर्न लागिएको उनले जानकारी दिइन् ।

अहिलेका बालबालिकाको ध्यान मोबाइल, कम्प्युटर, ल्यापटपलगायत बैकल्पिक मनोरञ्जनका माध्यमतिर जाँदा चङ्गाको आकर्षण घटेको हो । पहिले पहिले सहर बजारका किराना पसलदेखि तरकारी पसलसम्म पाइने चङ्गा अहिले बजारका केही सीमित पसलमा मात्र भेटिने गरेको सम्बद्ध व्यक्तिले बताए ।

अझ लट्टाई त ठूला बजार या काठको सामान बनाउने स्थानमा अर्डर नै गर्नुपर्ने अवस्था आइसकेको छ । यसअघि तीन पटकसम्म बेष्ट प्रोजेक्ट जितेको रोट्राक्ट क्लबले घरेलु तथा साना उद्योग प्रवद्र्धन गर्ने उद्देश्यले चङ्गा र लटृाईको स्टलसमेत राख्ने जनाएको छ ।

ताजा अपडेट

नेपालवाच विशेष