आक्रमण रोक्न माग गर्दै इजरायली दूतावासबाहिर प्रदर्शन
काठमाडौं । इजरायलमा भइरहेको युद्धविरुद्ध नेपालमा प्रदर्शन गरिएको छ ।
मोहन वैद्य नेतृत्वको क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालले गाजा क्षेत्रमा भइरहेको इजरायली आक्रमण रोक्न माग गर्दै काठमाडौंस्थित इजरायली दूतावास अगाडि प्रदर्शन गरेको हो ।
क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालका कार्यकर्ताले मंगलबार दिउँसो इजरायल र अमेरिकाले प्यालेस्टाइनी जनतामाथि आतंक फैलाएको आरोप लगाए । प्रदर्शनकारीले प्यालेस्टाइनलाई युद्धबाट जोगाउन र प्यालेस्टाइनमा शान्ति कायम गर्न माग गरे ।
अघिल्लो शनिबार बिहान प्यालेस्टिनी लडाकु समूह हमासले इजरायलमा भयानक आक्रमण गरेपछि तनाव जारी छ । प्रतिशोधका रूपमा इजरायलले तुरुन्तै युद्धको घोषणा गर्दै हमासद्वारा नियन्त्रित गाजापट्टीमा जवाफी कारबाही गरिरहेको छ ।
इजरायल र प्यालेस्टिनबीचको पछिल्लो संकटमा अहिलेसम्म सयौँ इजरायली तथा प्यालेस्टिनी सैनिक र नागरिक मारिएका छन् । इजरायली सेनाले करिब २०० जनालाई हमासले बन्धक बनाएको बताएको छ ।
इजरायली डिफेन्स फोर्सलाई उद्धृत गर्दै जेरुसेलम पोस्टले १९९ जना हमासको अपहरणमा परेको जनाएको छ । हमासको आक्रमणमा १३ सयभन्दा बढी इजरायली नागरिकको मृत्यु भएको छ ।
जसमा १० नेपालीसहित १०० भन्दा बढी विदेशी नागरिक पनि छन् । त्यस्तै इजरायली आक्रमणमा २७ सयभन्दा प्यालेस्टिनी नागरिकको मृत्यु भएको छ । इजरायलले गाजा क्षेत्रमा खाद्यान्नसहित खानेपानी, इन्धन र स्वास्थ्य सामग्रीको आपूर्तिसमेत बन्द गरेको छ ।
गाजामा १ हजारभन्दा बढी मानिस इजरायली आक्रमणबाट ध्वस्त बनेका भवनका भग्नावशेषमा पुरिएको बीबीसीले जनाएको छ । इजरायली सेनाको चेतावनीपछि उत्तरी गाजाबाट लाखौँ मानिस विस्थापित भएका छन् ।
ताजा अपडेट
-
प्रस्तावित प्रमुख निर्वाचन आयुक्त र आयुक्तहरूको संसदीय सुनुवाइ साउन १२ र १३ गते हुने
-
जनकपुर तनावबारे हर्क साम्पाङको खण्डन : ‘म पुगेकै छैन, भ्रम फैलाइयो’
-
भारतको सिक्किममा भएको सुरुङ दुर्घटनामा नौ मजदुरको मृत्यु, १५ जना अझै बेपत्ता
-
श्रम संस्कृति पार्टीका कार्यकर्ता जानकी मन्दिर परिसरभित्र प्रवेश गर्न खोज्दा लखेटिए
-
कीर्तिपुरमा कारमा आगलागी हुँदा एकजनाको मृत्यु


प्रतिक्रिया