NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८२ वैशाख २९ गते

लाओसलाई घरेलु मैदानमा हराउँदै नेपाल विश्वकप छनोटको दोस्रो चरणमा

काठमाडौं । फिफा विश्वकप २०२६ तथा एएफसी एसियन कप २०२७ को पहिलो चरणको छनोटमा नेपालले लाओसमाथि जित हात पार्दै दोस्रो चरणमा पुगेको छ । दोस्रो लेगमा लाओसलाई नेपालले १–० ले पराजित गरेको हो ।

निकै प्रतिस्पर्धी खेलमा मनिष डाँगीले ५३ मिनेटमा गरेको गोल निर्णायक भएको थियो । यससँगै नेपाल समग्रमा २–१ ले अघि रहदै दोस्रो चरणमा पुग्यो। गत साता दशरथ रंगशालामा भएको पहिलो चरणको खेलमा नेपाल र लाओसले १–१ गोलको बराबरी खेलेका थिए।

ताजा अपडेट

नेपालवाच विशेष