मोटरसाइकललाई ठक्कर दिएर भागेको गाडी दुर्घटनामा, १ को मृत्यु, ७ घाइते
काठमाडौं । मोटरसाइकललाई ठक्कर दिएर भागेको गाडी दुर्घटनामा पर्दा एक जनाको ज्यान गएको छ । सात जना घाइते छन् ।
बुधबार बिहान ६ः४५ बजे ०३–००१ ज ०२९८ नम्बरको गाडी बा६४प १७७२ नम्बरको मोटरसाइकललाई काभ्रेको पनौतीमा ठक्कर दिएर भागेको थियो । त्यसैक्रममा उक्त गाडी दुर्घटनामा परेको जिल्ला प्रहरी कार्यालय, काभ्रेले जनाएको छ । गाडी सडकको नालीमा खसेको छ ।
घटनामा रामेछापको मन्थली नगरपालिकाकी २० वर्षीया रमिला बुढाथोकीको उपचारका क्रममा अस्पतालमा मृत्यु भएको छ ।
ताजा अपडेट
-
भन्सार छलीको आशङ्कामा सशस्त्र प्रहरीद्वारा ७७४ वटा गाडी नियन्त्रणमा
-
अमेरिकी संसदद्वारा ट्रम्पलाई इरानमा सैन्य कारवाही विस्तार गर्नबाट रोक्ने प्रस्ताव पारित
-
हुलाकमार्फत घरघरमै राहदानी
-
यस्तो छ आजका लागि कृषि उपजको थोक मूल्य
-
ट्राफिक कारबाहीमा एकै दिन २२ लाख ७६ हजार राजस्व संकलन


प्रतिक्रिया