मोटरसाइकललाई ठक्कर दिएर भागेको गाडी दुर्घटनामा, १ को मृत्यु, ७ घाइते

काठमाडौं । मोटरसाइकललाई ठक्कर दिएर भागेको गाडी दुर्घटनामा पर्दा एक जनाको ज्यान गएको छ । सात जना घाइते छन् ।
बुधबार बिहान ६ः४५ बजे ०३–००१ ज ०२९८ नम्बरको गाडी बा६४प १७७२ नम्बरको मोटरसाइकललाई काभ्रेको पनौतीमा ठक्कर दिएर भागेको थियो । त्यसैक्रममा उक्त गाडी दुर्घटनामा परेको जिल्ला प्रहरी कार्यालय, काभ्रेले जनाएको छ । गाडी सडकको नालीमा खसेको छ ।
घटनामा रामेछापको मन्थली नगरपालिकाकी २० वर्षीया रमिला बुढाथोकीको उपचारका क्रममा अस्पतालमा मृत्यु भएको छ ।
ताजा अपडेट
-
सङ्घीय संसद्का दुवै सदनको बैठक बस्दै, नीति तथा कार्यक्रम पारित गरिने
-
आजको मौसम पूर्वानुमान : पहाडी भू भागमा आंशिक बदली हुन
-
सुरु भयो यस वर्षको सर्वोच्च शिखर आरोहण, ४२१ चुचुरोतिर
-
तीन प्रदेशमा मेघ गर्जन र चट्याङसहित वर्षाको सम्भावना
-
‘भारतबाट जिटुजीमार्फत मल आउँदै छ, यस वर्ष अभाव हुन्न’
प्रतिक्रिया