उरुग्वेले ब्राजिललाई हरायो, नेमार घाइते

काठमाडौं । विश्वकप छनोट खेलमा उरुग्वेले ब्राजिललाई पराजित गरेको छ ।
बुधबार सम्पन्न खेलमा ब्राजिल २–० गोलान्तरमा उरुग्वेसँग स्तब्ध बनेको हो ।
निकै नै प्रतिस्पर्धात्मक खेलको ४२औं मिनेटमा डार्विन नुनेजले उरुग्वेका लागि गोलको खाता खोलेकोमा ७२औं मिनेटमा निकोलस डे ला क्रुज ले अर्को गोल थप्दै उरुग्वेलाई २–० को अवस्थामा पुर्याए ।
यसैबीच, ब्राजिलका स्टार खेलाडी नेमार घाइते भएका छन् । पहिलो हाफको अन्तिममा घुँडामा चोट लागेर उनी घाइते भएका हुन् ।
योसँगै ४ खेलमा ७ अंक जोडेर दोस्रो स्थानमा छ भने ब्राजिल उति नै अंकका साथ तेस्रो स्थानमा छ । शीर्ष स्थानमा भने अर्जेन्टिना छ । उसले १२ अंक हासिल गरेको छ ।
प्रतिक्रिया