जापानमा विद्यार्थी बोकेको बससँग ट्रक ठोक्किँदा १८ घाइते
एजेन्सी । पश्चिम जापानमा विद्यार्थी बोकेको बससँग ट्रक ठोक्किँदा १८ जना घाइते भएका छन् ।
जापानको नारा प्रिफेक्चरमा बुधबार प्राथमिक तहका विद्यार्थी बोकेको बस र ट्रक ठोक्किँदा बालबालिका सामान्य घाइते भएका स्थानीय अधिकारीले बताएका छन् ।
प्रहरीका अनुसार ३४ जना बालबालिका बाेकेको बस काशिहराको राष्ट्रिय राजमार्ग चोकमा स्थानीय सम अनुसार बिहान ८ः५५मा ठोक्किएको थियो ।
तिनीहरूमध्ये १८ जनालाई शारीरिक पीडा भए पनि सामान्य चोटपटक भएकाले ज्यान जोखिममा नरहेको स्थानीय दमकल विभागले जनाएको छ । बसमा भएका शिक्षक, चालक तथा सहचालक स्वस्थ रहेको बताइएको छ । दुर्घटनाको अनुसन्धान भइरहेको काशिहरा प्रहरी चौकीले बताएको छ ।
ताजा अपडेट
-
हस्तकला विकास बोर्ड गठनमा सरकार सकारात्मक छ: प्रधानमन्त्री
-
व्यवसायी शंकर अग्रवाल पक्राउ
-
यस्ता छन् मन्त्रिपरिषद बैठकका सात निर्णय
-
२०३३ सालको तुलनामा अहिले नेपालको राष्ट्रियता झनै ठूलो संकटमा छः पूर्णबहादुर खड्का
-
प्याब्सनलगायत निजी विद्यालय संस्थाहरूको पहलपछि ३ प्रतिशत समता शिक्षा शुल्क फिर्ता


प्रतिक्रिया